चितवन-भरतपुर अस्पताल परिसरमा बिरामी कुरुवा घर निर्माण हुने भएको छ ।

नेपाल सरकारका शहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राईबाट भरतपुर अस्पताल परिसरमा बिरामी कुरुवा घरको शिलान्यास भएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री मोहम्मदले भरतपुर अस्पताललाई भविष्यमा केन्द्रीय अस्पतालको रुपमा बिकास गर्ने योजना रहेको बताउनुभयो । “सघन शहरी तथा भवन निर्माण आयोजना, चितवन”ले आयोजना गरेको उक्त कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, प्रदेश न. ३ का सांसद कृष्णभक्त पोख्रेलको समेत उपस्थिति रहेको थियो ।

२ बर्ष भित्र तयार गर्ने लक्ष्य रहेको कुरुवा घर २०७७ पौष ८ गते भित्र निर्माण सम्पन्न गर्नुपर्नेछ । कुरुवा घर निर्माण कार्यको जिम्मा रबिना/जोशी/फुलजोर जे.भि.ले पाएको छ ।

आजै पुर्व प्रधानमन्त्री, चितवन क्षेत्र न. ३ का सांसद तथा ने.क.पा.का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” र नेपाल सरकारका शहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राईबाट देवघाटमा “बिधुतिय सबदाह गृह” निर्माणको शिलान्यास गर्नुभयो । यस्तै “केन्द्रीय बस टर्मिनल”, वडा न. १९ स्थित “रानिपोखरीमा पार्क र पुर्वाधार निर्माण”, वडा न. ६ स्थित “लक्ष्मिनारायण र ॐ कार्यश्वर मन्दिर परिसरमा पुर्वाधार निर्माण” कार्यको शिलान्यास गर्नुभयो । 

हेर्नुहोस आज शिलान्यास भएको ५ आयोजनाको बिस्तृत बिबरण