नेपालका सन्दीप जोराले ट्वान्टि ट्वान्टी क्रिकेटमा विश्व रेकर्ड कायम राखेका छन्।
जोरा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडी भएका हुन्।

जोराले १७ वर्ष १०३ दिनको उमेरमै अर्धशतक प्रहार गरेका हुन्।
यसअघि कम उमेरमा अर्धशतक प्रहार गर्ने रेकर्ड क्यानडाका हिरल पटेलको नाममा थियो।
उनले १८ वर्ष १७७ दिनको हुँदा आयरल्याण्डविरूद्ध नटआउट ८८ रन बनाएका थिए। जोराले भने युएईविरूद्धको खेलमा ४६ बलमा नटआउट ५३ रन हानेका हुन्। उनले आफ्नो पारिमा तीन चौका र एउटा छक्का प्रहार गरे। जोराले कीर्तिमान कायम गरे पनि नेपालले युएईविरूद्धको खेल जित्न सकेन।


जोराले अफगानिस्तानका उसमान घानी, पाकिस्तानका अमहद शहजाद, भारतका भारतका रोहित शर्मा लगायतलाई पछि पारेका हुन्।
यसअघि नेपालका सुवास खकुरेलले अफगानिस्तानविरूद्ध ५६ रन बनाउँदा उनको उमेर २० वर्ष ३४७ दिन थियो।
युएईविरूद्धकै एकदिवसीय खेलमा नेपालकै रोहित पौडेलले पनि सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने रेकर्ड राखिसकेका छन्।रोहितले १६ वर्ष १४६ दिनमा युएईविरूद्ध ५५ रन प्रहार गरेर रेकर्ड कायम गरेका हुन्।