ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले यहाँ लेखिएको जानकारी यदि हजुर अरुकोलागि पनि उपयुक्त हुने ठान्नुहुन्छ भने यो सूचना लाई लाइक तथा शेयर गरी अरुलाई पनि स्वास्थ हुन सहयोग गर्नुहोस।

के तपाई राति सुत्दा घुर्नुहुन्छ ?
यो तपाईभन्दा पनि छेउमा हुने साथी, भाइ आफन्तलाई राम्ररी थाहा हुन्छ ।घुराइले घुर्ने व्यक्ति मात्र होइन उसको छेउछाउमा बस्नेहरूलाई समेत प्रभावित गर्छ । हामीले घुर्नुलाई सामान्य रूपले लिने गरे पनि बढी घुर्नु आफैंमा एउटा रोग हो जसलाई चिकित्सकहरूले स्लिप एप्निया -सुत्दा हुने स्वासावरोध) समेत भन्छन् । सासको १० सेकेन्डभन्दा बढी रुक्नु एप्निया भनिन्छ । एप्नियामा सास लिनमा असजिलो हुन्छ जसले गर्दा मुटु र मस्तिष्कमा दबाब पर्छ । घुर्ने कारणले मुटुको चाल अनियमित हुन्छ । अल्सर र एसिडिटीको समस्या हुन सक्छ । यस्तो व्यक्ति तुरन्त रिसाउने र अस्थिर स्वभावको हुन्छन् । यस्ता व्यक्तिको यौन क्षमतामा समेत प्रभाव पर्छ । ३५ प्रतिशत स्लिप एपिनिया भएका व्यक्ति उच्च रक्तचाप हुन्छ । जसलाई स्लिप एपिनिया छ भने गाडी चलाउने समय दुर्घटनाको आशंका धेरै गुणा बढ्छ । घुर्दा सास बन्दसमेत हुन्छ तर सास १० सेकेन्डभन्दा बढी रुक्नु असामान्य रहेको   र एक घन्टामा ५ पटकभन्दा बढी र १० सेकेन्डभन्दा बढी समयसम्म सास रुक्ने समस्या भए चिकित्सकीय सल्लाह आवश्यक रहन्छ । सास रुक्ने समस्या देखिनेहरूमा मुटुको रोग, हृदयाघात, पक्षाघात हुने समस्या देखिने जोखिमसमेत बढ्छ ।


घुर्दा-घुर्दै सास रुकेर असिन-पसिन हुँदै आत्तिएर निद्राबाट ब्युतनेहरू राम्ररी सुत्नसमेत सक्दैनन् । उनीहरूको राति बारम्बार निद्रा टुट्नेसमेत गर्छ । घुर्नु सास प्रश्वासको समय सास रुक्ने संकेत हुन सक्ने भएकोले यसलाई हलुका रूपमा लिनु हुँदैन । निद्रामा सास अवरोधको शंका भएमा यसको पुष्टिको लागि निद्रासम्बन्धी अध्ययन गरिन्छ । रोगी सुत्दाताका पोली सोनोग्राफी गरिन्छ । यस अन्तर्गत निद्राको समय मस्तिष्कको गतिविधि, मुटुको गति, खुट्टाको सञ्चालन, अक्सिजनको स्तर तथा सास सञ्चालनको ६ देखि ८ घन्टाको रेकर्डिङ गरिन्छ । विभिन्न संवेदकहरूको माध्यमले रोगीको मुटु, फोक्सो, रगतमा अक्सिजनको मात्रालगायतका विभिन्न अंगको अनुगमन गरिनेछ । निद्रासम्बन्धी अध्ययनले रोगी मात्र घुर्छ र निद्रामा धेरै कम सास अवरोध हुने कुरा देखिँदा ऊ सास अवरोध रोगबाट पीडित मानिदैन । रोगी यदि बढी घुर्दैन भने उसलाई अलि तौल कम गर्न सल्लाह दिइन्छ । साँझ रक्सी नखाने, नाकलाई सम्भव भएसम्म सफा राख्न, कोल्टो फेरे सुत्नेजस्तो साधारण उपायले रोगको उपचारमा सहायता मिल्छ ।


सामान्य र कहिलेकाहीं घुर्ने समस्या भएका वयस्क व्यक्तिहरूले आफैं निको पार्ने केही उपाय अपनाउँदा सहज हुन्छ । स्वस्थ र खेलाडीको जीवनशैली अपनाउनुपर्छ जसले मांसपेशी बलियो हुनुको साथै शरीरको तौलमा समेत कमी आओस् । सुत्न जानुअघि निद्रा आउने चक्की, एन्टिहिस्थामिनिक औषधिको उपयोग गर्नु हुँदैन । यस्तै सुत्न जानुभन्दा न्यूनतम चार घन्टाअघिसम्म रक्सी सेवन गर्नु हुँदैन भने सुत्नुभन्दा तीन घन्टाअघिसम्म गरिष्ठ भोजन गर्नु हुँदैन । नियमित सुत्ने प्रक्रिया विकसित गर्नुपर्छ । उत्तानो सुत्नुको सट्टा कोल्टो फेरेर सुत्नुपर्छ । सुत्ने बेडको सिरान चार इन्च माथि राख्नुपर्छ ।

कुनै बच्चा जन्मँदै नाक, घाँटीमा विभिन्न समस्या छ भने श्वासप्रश्वासको समस्या हुने गर्दछ । त्यसले गर्दा श्वास फेर्न गाह्रो भई घ्यारघ्यार हुने र सुतेको बेलामा घुर्नेहुन्छ ।विशेषगरी ३ देखि ७ वर्ष उमेरका बच्चामा टन्सिल एडिन्यन्सबढ्नाले घुर्नेसमस्या हुन्छ । – बच्चामा हुने मिलानो भन्ने ट्युमरले गर्दा घुर्ने समस्या हुन्छ । यो नाक अथवा नाँकको पछाडि टन्सिल हुने भागमा ट्युमर आउने गर्दछ । – युवा अवस्थामा पनि बच्चामा बढ्ने टन्सिल एडिन्यन्स ठूलो भई घुर्ने समस्या हुन्छ ।– एजियो फाइब्रोमाभन्ने ट्युमरले गर्दा पनि घुर्ने समस्या हुन्छ । यो विषेशगरीकेटामा बढी हुन्छ ।– कुनै बच्चा जन्मिँदै नाक थेप्चेर भएर जन्मन्छन् । उनीहरुको नाकको डाँडी बांगो हुने गर्दछ । त्यो कारणले गर्दा पनि घुर्ने समस्या हुन्छ । त्यसलाई भनिन्छ। यो समस्या बच्चादेखि वृद्धसम्म हुने गर्दछ । – पोलिप्स नाकको वरिपरि भागमा आउने टिस्युहरुले पनि घुर्ने समस्या हुन्छ । – वृद्ध अवस्थामा क्यान्सरजन्य ट्युमर वा अन्य ट्युमर आएर घुर्नेसमस्या हुन्छ ।

कसैको जिब्रो मोटो हुन्छ, त्यसलाई म्याक्रोगोलोसिस भनिन्छ । त्यो कारणले पनि घुर्नेसमस्या हुन सक्छ। – बुढेसकालमा जिब्रो नरम हुने भएकाले सुतेको बेलामा जिब्रो दोब्रिने गर्दछ, त्यसले गर्दा पनि घुर्नेसमस्या हुने गर्दछ । – एसिड अल्कालिसले गर्दा श्वास नलीको माथिल्लो भाग खुम्चने गर्छ र घुर्नेसमस्या आउँछ । – श्वास नलीमा चोट लाग्दा भित्र सुनिन्छ र सुत्ने बेलामा श्वासमा अवरोध भई घुर्नेसमस्या उत्पन्न हुन्छ ।– जिब्रोको पछाडिको रगतको नशा फुल्दा श्वासमा अवरोध भई घुर्ने समस्या आउँछ । – र्‍यालका ग्रन्थीहरु उत्पन्न हुने ठाउँमा ट्युमरआउने गर्दछन् जसलाई भनिन्छ, त्यो कारणले पनि घुर्ने समस्या हुन्छ । उपचार – सुरुमा आफ्नो जीवनशैलीमा परिवर्तन गर्ने। मोटोपन घटाउने,शारीरिक कसरत गर्ने, धूमपान,मदिरा सेवननगर्ने र घोप्टो परेर सुत्ने । – मेडिकलमा पोजेटिभ एयरवय प्रेसरको माध्यमबाट पनि घुर्नेसमस्यालाई नियन्त्रण गर्न सकिन्छ ।मुखमा राख्ने माउथ एयर पिस हुन्छ, जुन मुखमा राखेपछि श्वास फेर्न सजिलो हुन्छ र घुर्ने समस्या कम हुन्छ । – के कारणले गर्दा घुर्ने समस्या आएको हो, कारण पत्ता लगाउने र सर्जरी गर्ने ।