दुई राप्रपा बिच एकता हुदै, शुक्रबार औपचारिक घोषणा

दुई राप्रपा बिच एकता हुदै, शुक्रबार औपचारिक घोषणा

इ-परेवा

@Eparewa

२०७५ माघ १७ गते बिहिबार ०४:५८

राष्‍ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्‍ट्रिय प्रजातन्त्र पार्टी (राष्‍ट्रवादी)को एकीकरणपछि नयाँ पार्टीको नाम राप्रपा (संयुक्त) राखिने भएको छ। १८ माघमा एकताको औपचारिक घोषणाा हुँदैछ। राप्रपा (प्रजातान्त्रिक)का...

राष्‍ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्‍ट्रिय प्रजातन्त्र पार्टी (राष्‍ट्रवादी)को एकीकरणपछि नयाँ पार्टीको नाम राप्रपा (संयुक्त) राखिने भएको छ। १८ माघमा एकताको औपचारिक घोषणाा हुँदैछ।

राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणा र एराप्रपा (राष्‍ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पार्टी एकताका लागि १७ माघमा हस्ताक्षर गरेका छन्। एक महीनाभित्र दुवै पार्टीका विधानलाई आधार मानेर आन्तरिम विधान निर्माण गरिने र एक वर्षभित्र एकीकृत पार्टीको महाधिवेशन सम्पन्‍न गर्ने सहमति भएको राप्रपा (प्रजातान्त्रिक)का नेता राजाराम श्रेष्‍ठले जानकारी दिए।

महाधिवेशन नहुन्जेलसम्म दुवै पार्टीका अध्यक्षको संयुक्त नेतृत्व प्रणालीअन्तर्गत पार्टी सञ्‍चालन गर्ने सहमति पनि भएको छ। पार्टीका महत्वपूर्ण निर्णय अध्यक्षद्वय र पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दको सहमतिमा हुनेछ। दैनिक कार्य सञ्‍चालनका लागि दुई अध्यक्ष रहेको निर्देशन समिति गठन गरिने र समितिको अध्यक्षता आलोपालो गर्ने नेता श्रेष्‍ठले जानकारी दिए।


नेता सुन्दर पाण्डेका अनुसार चुनाव चिन्ह ‘हलो’ राख्‍ने सहमति भएको नयाँ पार्टीमा कार्य सम्पादनको सिलसिलामा कुनै बाधा अड्काउ आइपरेमा निर्देशक समितिले सहमतिका आधारमा निर्णय लिनेछ।
सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू राष्‍ट्र, सबै पक्षलाई चित्त बुझ्‍ने सहमति र साझा संस्थाका रूपमा राजसंस्थासहितको प्रजातन्त्रलाई नयाँ पार्टीले वैचारिक नीति बनाउने भएको छ। रासस

प्रकाशित मिति २०७५ माघ १७ गते बिहिबार ०४:५८
प्रतिक्रिया दिनुहोस