झापा, माघ-१७,चन्द्रगढी विमानस्थलमा आजदेखी रात्रीकालिन उडान सुरु भएको छ । चन्द्रगढी बिमानस्थल, भद्रपुर झापामा आज बाट रात्रीकालीन हवाई सेवा सुरु भएको हो । यसअघि विमानलाई ५ हजार मिटरको भिजिविलिटी आवश्यक पर्थ्यो। अब २२ सय मिटर भिजिविलिटी भए पुग्ने भएको छ । भद्रपुरमा आरएनएभी प्रविधि र लाइट सिस्टम जडानमा नागरिक उड्डयन प्राधिकरणले ११ करोड खर्च गरेको जनाएको छ।

प्रधानमन्त्री के.पि. शर्मा वलीको उडान सगै रात्रिकालिन उडान सुरु भएको छ। भारतको सिलगुढी, दार्जिलिङ लगायत बंगलादेशलाई पनि जोड्दै आएको यो विमानस्थलमा दैनिक काठमाडौं–भद्रपुर–काठमाडौं १४ वटा उडान हुन्छन्। अब भद्रपुरबाट पोखरा, नेपालगन्ज र भैरहवामा पनि सीधा उडान सञ्चालनको तयारी भइरहेको छ ।धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा विराटनगर विमानस्थलमा यस भन्दा अगाडी नै उडान सुरु भैसकेको छ । यी स्थानहरुमा ५ महिना अघि देखि रात्रीकालीन उडान सञ्चालनमा छन । अब जनकपुरमा पनि संचालन गर्ने योजना रहेको छ । अबको २ महिना पछि जनकपुरमा रात्रीकालीन उडान हुदैछ।