उत्तेजनाको समस्याले श्रीमतीलाई सन्तुष्टि दिन सकिरहेको छैन, यसको समाधान कसरी गरौ?

उत्तेजनाको समस्याले श्रीमतीलाई सन्तुष्टि दिन सकिरहेको छैन, यसको समाधान कसरी गरौ?

इ-परेवा

@Eparewa

२०७५ माघ १८ गते शुक्रबार ०४:४१

यौन र यौन जीवनका विभिन्न पक्षबारे नेपाली समाज राम्ररी खुल्न सकेको छैन । कतिपयका निम्ति सेक्स विशुद्ध शारीरिक कर्म हो । तर, यसको मनोवैज्ञानिक आयाम सबैभन्दा महत्वपूर्ण हुन्छ । यही तथ्य नबुझिदिँदा विभिन्न समस्या आइलाग्छन् । हाल...

यौन र यौन जीवनका विभिन्न पक्षबारे नेपाली समाज राम्ररी खुल्न सकेको छैन । कतिपयका निम्ति सेक्स विशुद्ध शारीरिक कर्म हो । तर, यसको मनोवैज्ञानिक आयाम सबैभन्दा महत्वपूर्ण हुन्छ । यही तथ्य नबुझिदिँदा विभिन्न समस्या आइलाग्छन् । हाल थुप्रै पुरुष (केही हदसम्म महिला पनि) ले भोगिरहेको पीडा हो– उत्तेजना समस्या, जसलाई मेडिकल भाषामा ‘इरेक्टाइल डिसफंक्सन’ भनिन्छ । अलिकति मनोपरामर्शले, अलिकति उपचारले समाधान हुने यो समस्या यति विकराल किन भइरहेको छ ? अम्मर जिसीले यसको उत्तर खोज्ने प्रयत्न गरेका छन् ।

श्रीमान २९ वर्षका भए, श्रीमती २८ टेक्दै छिन् । वैवाहिक सम्बन्धको दोस्रो वर्षगाँठ गत जेठमा मनाइसकेको यो जोडी झट्ट हेर्दा हाँसीखुशी नै देखिन्छ । तर, आफूहरूमा थेरैथोक अपुग ठान्छन् उनीहरू । उनीहरूकै शब्दमा अहिलेसम्म उनीहरूबीच शारीरिक सम्पर्कको प्रयास सफल हुन सकिरहेकै छैन । हरेक रातका असफल प्रयासका नमीठा अनुभवले यो जोडीलाई भित्रभित्रै जलाइरहेको छ । श्रवणको लिंग उत्तेजित नै नभइदिने समस्याले यो जोडी आजित छ ।

‘शारीरिक रूपमा स्वस्थ भए पनि उनीहरू यौन सुखका लागि चाहेका बेला मानसिक रूपमा तयार हुन नसक्ने समस्या छ,’ ‘जहिल्यै मैले यौन सुख दिन सक्दिनँ होला भन्ने नकारात्मक सोचका साथ श्रीमतीका अगाडि पुगेपछि कसरी लिंग उत्तेजित हुन्छ ?’

प्रकाशित मिति २०७५ माघ १८ गते शुक्रबार ०४:४१
प्रतिक्रिया दिनुहोस