यूएई विरुद्धको दोस्रो टी–२० शृङ्खलामा नेपालले पाँचाै विकेट लिगेको छ नेपालका लागि करण केसीले पाँचौ विकेट लिए । उनले १०.३ ओभरमा यूएईका मोहमद बोतालाई आउट गरेका हुन ।
उनले ११ रन मात्र जोड्न सफल भए । अहिलेसम्म सन्दीप लामिछानेले २ तथा सोमपाल कामीले २ विकेट लिएका छन् ।सन्दीप लामिछानेले छैटौं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले पाँचौ बलमा शैमान अनवरलाई आउट गरे । अनवर ११ बलमा १४ रन बनाएर खेलिलरहेका थिए । अन्तिम बलमा पनि सन्दीपले मोहमद उस्मानलाई आउट गर्दै व्यक्तिगत दोस्रो विकेट हात पारे ।


सुरुका दुई विकेट सोमपाल कामीले लिएका थिए । पहिलो ओभरको अन्तिम बलमा सोमपालले अस्फाक अहमदलाई र तेस्रो ओभरको तेस्रो बलमा गुलाम सबेरलाई आउट गरे । १२ ओभरकाे खेल सकिँदा यूएईले ५ विकेटकाे नाेक्सानीमा ६८ रन बनाएकाे छ ।