काठमाडौं, माघ १८ । युएईविरुद्धको दोस्रो ट्वेन्टी–२० क्रिकेटमा नेपालले कसिलो बलिङ गरेको छ । दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमी मैदानमा जारी खेलमा नेपालले विजयका लागि १०८ रनको झिनो चुनौती पाएको छ ।
पहिलो विकेटका रुपमा अस्फाग अहमेदलाई ० रनमा गुमाएको युएईका लागि चुन्दनगापोइल रिजवानले सर्वाधिक रनको योगदान दिए। ४३ बलको सामना गरेका रिजवानले ४ चौंका र १ छक्का प्रहार गरे।शाइमन अनवरले १४ र मोहम्मद बुताले ११ रन बनाएपनि अन्य ७ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। युएईलाई सस्तैमा समेटन नेपालका अबिनाश बोहोराले ३ विकेट लिए। बोहोराले ४ ओभर बलिङ गर्दै २० रन खर्चिएका थिए। त्यस्तै सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट लिए।


पहिलो खेलको तुलनामा निकै सशक्त बलिङ प्रदर्शन गरेको नेपालले शुक्रबार युएईलाई १९ ओभर २ बलमात्र क्रिजमा राख्दै १०७ रनमा रोक्यो । सीपी रिज्वानले सर्वाधिक ४४ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्नेक्रममा अविनाश बोहराले ३ विकेट लिए । अविनाशले २० रन खर्चेर ३ विकेट लिएका हुन् । यस्तै, सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले समान २ विकेट लिए । एक खेलाडी ‘रनआउट’ भएका थिए ।हिजो भएको पहिलो टी–२० खेलमा पराजित भएको नेपाललाई सिरिज जित्ने सम्भावना कायमै राख्न आजको खेलमा जित्नैपर्ने दबाब छ। आजको खेल जित्नसके नेपालले शृंखला जित्ने सम्भावना कायम रहनेछ भने युएईले जिते एक खेलअगावै शृंखला आफ्नो पक्षमा पार्नेछ।