नेपालद्धारा युएई ४ विकेटले पराजित, दिपेन्द्र र पवन बने नायक

नेपालद्धारा युएई ४ विकेटले पराजित, दिपेन्द्र र पवन बने नायक

इ-परेवा

@Eparewa

२०७५ माघ १८ गते शुक्रबार १२:२७

युएईले दिएको १०८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरे पनि अन्तिममा जित निकाल्न सकेको हो । चार बलमा एक रन चाहिएको अवस्थामा दिपेन्द्रसिंह ऐरीले चौका हानेपछि नेपालले जित पक्का गरेको हो । ऐरीले अन्तिम दुई बलमा छक्का र चौका...

युएईले दिएको १०८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरे पनि अन्तिममा जित निकाल्न सकेको हो । चार बलमा एक रन चाहिएको अवस्थामा दिपेन्द्रसिंह ऐरीले चौका हानेपछि नेपालले जित पक्का गरेको हो । ऐरीले अन्तिम दुई बलमा छक्का र चौका हान्दै नेपालको जित पक्का गरे । दीपेन्द्र सिँह ऐरी र पवन सर्राफको ब्याटिङ साझेदारीपछि नेपालले दोस्रो टी-२० क्रिकेट खेलमा यूएईलाई चार विकेटले हराएको हो ।


यूएईले १९.२ ओभरमा सबै विकेट गुमाएर १०७ रन बनाएको थियो। नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर १०८ रन बनायो।यो विजयपछि तीन खेलको शृङ्खला १-१ ले बराबर भएको छ।आइतवार हुने अन्तिम खेलको विजेताले शृङ्खला जित्नेछ।
दीपेन्द्र र पवनको साझेदारीनेपालको १० ओभरमा पाँच विकेट गुमाएर ४६ रनको स्थितिमा ऐरी र सर्राफको साझेदारी सुरु भएको थियो।उनीहरूले नहतारिकन खेल्दै नेपाललाई विस्तारै जित तर्फ डोर्‍याएका थिए। पवन अन्तिम ओभरको पहिलो बलमा १८ रन बनाएर आउट भएका थिए।त्यसपछि ऐेरीले छक्का र चौका हानेर ४७ रनमा अविजित रहदै नेपाललाई अन्तिम ओभरमा विजयी बनाएका थिए।

प्रकाशित मिति २०७५ माघ १८ गते शुक्रबार १२:२७
प्रतिक्रिया दिनुहोस