काठमाडाैं- यतिखेर सामजिक सन्जालले राम्रो गपशप गर्ने बाटो भेटेको छ। कलाकारिताबाट समाजसेवामा लागेका सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)द्वारा सञ्चालित सामाजिक संस्था ‘धुर्मुस-सुन्तली फाउण्डेशन’ ले ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला’ निर्माणको घोषणा गरेको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच धुर्मुस-सुन्तली फाउण्डेशन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी सम्झौता भएको छ । 

सीताराम कट्टेल अध्यक्ष र उनकी पत्नी कुञ्जना घिमिरे सुन्तली उपाध्यक्ष रहेको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुर–१६ को त्रिभुवन विश्वविद्यालय कृषि तथा वन विज्ञान संकायको अधीनमा रहेको २० विगाहा ६ कट्ठा जग्मा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान (रंगशाला) बनाउने परियोजनाको सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।
सम्झौता पत्रमा हस्ताक्षरभएपछि भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले चितवनमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो म्याच भारत र पाकिस्तानबीच खेलाउने योजना रहेको बताउनु भएको छ ।


कार्यक्रमलाई सम्बाेन्धन गर्दै उहाँले भन्नु भयाे, ‘भारत र पाकिस्तानबीच राम्रो सम्वन्ध छैन । त्यसैले उनीहरु एक-अर्को देशमा गएर क्रिकेट खेल्दैनन् । कहिले यूएई कहिले दुबईमा गएर खेल्नुपर्ने अवस्था छ । त्यसका लागि लामो दूरी पार गर्नुपर्छ । यदि छिमेकी देश नेपालमा हामीले अन्तर्राष्ट्रिय रंगशाला निर्माण गरेको खन्डमा हामी दुई ढुंगाबीचको तरुल बन्न सक्छौं ।’ अहिले उहाँकाे भाषणलाई लिएर सामाजिक सञ्जाल भरी आलाेचन हुन थालेकाे छ । ‘कहिले यूएई कहिले दुबई’ले गर्दा मेयर दाहाल समाजिक सञ्जालमा आलाेचित बन्दै जानु भएकाे हाे । सामाजिक सञ्जालमा ‘यूएई र दुबई एउटै देश हो भनेर थाहा नहुने प्रचण्ड पुत्री रेणु दाहालले चितवनमा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा कसरी खेल खेलाउँछन्’ भनेर प्रश्न उठाइरहेका छन् ।

प्रेम नारण न्यौपाने ट्विटरमा व्याङग्य गर्दै लेख्छन्, ‘युएईविरुद्ध एक दिवसीय र अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न नेपाली टिम आज युएई प्रस्थान गर्दैछ। नेपाली टोली आज अपरान्ह ४:३० दुबई विमानबाट युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ। सिरिजका लागि पारस खड्काको कप्तानीमा १६ सदस्सीय नेपाली टोली त्यसतर्फ जानेछन्।’ ट्विटरमा जस्तै फेसबुकमा पनि रेणु दाहाललाई धेरैले व्याङग्य गरेका छन् । उनको भाषणलाई दिएर नेकपा अध्यक्ष प्रचण्डको नामसमेत जोडेका छन् । फेसबुकमा रबिन भट्टराई लेख्छन्, 

‘यूएई र दुबई एउटै देश हो भनेर थाहा नहुने प्रचण्ड पुत्री रेणु दाहालले चितवनमा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भारत र पाकिस्तानको पहिलो खेल खेलाउन रे ।।
बाबुले स्विजरल्याण्ड बनाए नेपाललाई अब छोरीले के बनाएर छोड्ने हो चितवनलाई ??’ भाषणमा उठाउने विषयको चर्चा हुनु भनेकाे स्भाविकै हाे । त्यसबाहेक भाषणमा प्रयोग हुने शब्द र शब्दावलीका साथै भावभङ्गिमाको पनि चर्चा हुने गर्छ। त्यसैले दर्शकको सामुन्ने भाषण गर्दा आत्मविश्वास त हुनै पर्छ त्यसको साथै विषयवस्तु र समयलाई मध्यनजर राखेर गर्नु पर्ने हुन्छ ।

न्युज २४