ओखलढुंगाका एक किसानले बाँदरविरुद्ध उजुरी दिएका छन्। सिद्धिचरण नगरपालिका–५ का नारायणप्रसाद दाहालले बादर विरुद्ध उजुरी दिएका हुन । बाँदरले खेतबारीमा मात्र नभई घरबाटै अन्न झिकेर खान थालेपछि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन्।

खेतबारीमा मात्र नभई घरमै आएर अन्नबाली क्षति गर्न थाल्यो, त्यसैले उजुरी गरेको हो, उनले भने । सम्पुर्ण वडावासीको तर्फबाट उनले समस्या समाधान गर्न माग गर्दै निवेदन दिएको बताए। गत वर्ष पनि सिद्धिचरण नगरपालिका–३ का स्थानीयले पनि बाँदरविरुद्ध उजुरी गरेका थिए। बाँदरले खेतबारीमै सबै अन्नबाली क्षति गरेकाले मार्न पाउनुपर्ने उनीहरूको माग थियो। तर बादर मार्ने होईन बादरले नखाने खेती लगाउने सल्लाह पाए ।

यस स्थानमा मात्र नभई अन्य स्थानहरुमा पनि यस्तै हैरानी बनाएको छ । बादरले नखाने भन्ने केही छैन सबैथोक खान्छ, नखाने चिजहरु बिगारेर छोड्छ । खेती लगाए देखि हैरानी बेहोर्नुपर्ने बध्यता छ । त्यसैले कतिपय किसानहरुले खेती नै गर्न छाडेका छन ।