शहीद लखन गाउँपालिकामा सुबिधा सम्पन्न प्रहरी चौकी निर्माण

शहीद लखन गाउँपालिकामा सुबिधा सम्पन्न प्रहरी चौकी निर्माण

इ-परेवा

@Eparewa

२०७५ माघ १९ गते शनिवार ०७:२७

गोरखा-शहीद लखन गाउँपालिका–७ बुङकोटमा सुबिधासम्पन्न प्रहरी चौकी निर्माण भएको छ । कुल एक करोड २५ लाख रुपैयाँको लागतमा निर्माण भएको प्रहरी चौकी राष्ट्रिय पुनःनिर्माण कोषको सहयोगमा निर्माण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...

गोरखा-शहीद लखन गाउँपालिका–७ बुङकोटमा सुबिधासम्पन्न प्रहरी चौकी निर्माण भएको छ । कुल एक करोड २५ लाख रुपैयाँको लागतमा निर्माण भएको प्रहरी चौकी राष्ट्रिय पुनःनिर्माण कोषको सहयोगमा निर्माण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

नवनिर्मित भवनमा महिला र पुरुष बन्दीका लागि अगल–अलग व्यवस्था रहेको छ । साथै, कार्यालय प्रमुखको निवास, हिरासत, महिला तथा पुरुष व्यारेक, भान्छा कोठा प्रशासन र सञ्चार कक्ष लगायतको व्यवस्था गरिएको प्रहरी नायब उपरीक्षक नेपालले बताए ।
नवनिर्मित भवनमा छ वटा कोठा रहेको छ ।

प्रकाशित मिति २०७५ माघ १९ गते शनिवार ०७:२७
प्रतिक्रिया दिनुहोस