नेपालले पहिलो खेलमा म्यानमारसँग प्रतिस्पर्धा गर्ने भएको छ । भारतीय फुटबल महासंघले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार २६ गते नेपाल र म्यानमार बिच खेल हुनेछ । त्यसै दिन उद्घाटन रहने खेलमा पहिलो उद्घाटन खेलमा इरान र भारत भिड्नेछन् । त्यसपछी दोश्रो नेपाल र म्यानमार बिच हुनेछ ।

नेपाल, भारत, श्रीलंका र म्यानमार सहभागी हुने भनिए पनि अन्तिममा श्रीलंका सहभागी भएको छैन् । श्रीलंकाको ठाउँमा इरानलाई सहभागिता गराइएको छ । साफ च्याम्पियनिसपको तयारीमा रहेको नेपाली महिला टिमले दोस्रो खेलमा २८ गते भारतसँग खेल्ने छ । समूह चरणको अन्तिम खेलमा फागुन १ गते इरानसँग खेल्ने छ ।

राउण्डरोबिन लिग अनुसार प्रतियोगिताको शीर्ष २ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । विराटनगरमा हुन लागेको साफ च्याम्यिनसिपको तयारीका लागि नेपाली महिला टिम झापामा रहेको छ । उतैबाट मंगलबार प्रतियोगिताका लागि भारत जाने छ ।