बच्चाहरुलाई समयमा नै सामाजिक संजालबाट टाढा राख्नुहोस अन्यथा पछुताउनु पर्ला

बच्चाहरुलाई समयमा नै सामाजिक संजालबाट टाढा राख्नुहोस अन्यथा पछुताउनु पर्ला

इ-परेवा

@Eparewa

२०७५ माघ १९ गते शनिवार ११:३८

मोबाइल र इन्टरनेट आजको जीवनका अभिन्न अंग बनिसकेका छन् । साना बालबालिकालाई खाना खुवाउन वा व्यस्त राख्न युट्युबमा भिडियो देखाउने वा मोबाइलमा खेल्ने दिन शुरु गर्ने अभिभावकहरु प्छि गएर त्यही बानी छुटाउन नसक्दा दिक्क भएका कुराहरु...

मोबाइल र इन्टरनेट आजको जीवनका अभिन्न अंग बनिसकेका छन् । साना बालबालिकालाई खाना खुवाउन वा व्यस्त राख्न युट्युबमा भिडियो देखाउने वा मोबाइलमा खेल्ने दिन शुरु गर्ने अभिभावकहरु प्छि गएर त्यही बानी छुटाउन नसक्दा दिक्क भएका कुराहरु दैनिक सुनिन्छन् । विद्यालय जाने उमेरका बालबालिका फेसबूक र मोबाइल वा कम्प्यूटरमा गेम खेल्न सिपालु भइसकेका हुन्छन् । तथ्याङ्क हेर्दा पनि नेपालका इन्टरनेट प्रयोगकर्ताहरुमध्ये एक चौथाई १३ देखि १९ वर्ष उमेर समूहका छन् । हामीमध्ये धेरै अभिभावकलाई १२–१३ वर्षका छोराछोरीले नै मोबाइल वा इन्टरनेट वा सोसल मिडिया चलाउन सिकाउँदै छन् ।कम्यूटर वा मोबाइल धेरै चलाउँदा आँखा कमजोर हुनेबारे धेरै अभिभावक सचेत छन् । तर इन्टरनेट वा सोसल मिडिया वा कम्प्यूटर र मोबाइल गेमले पार्ने अन्य मनोसामाजिक असर र त्यसलाई न्यूनीकरण गर्ने उपायका बारेमा हामीमध्ये धेरैजसो अनभिज्ञ नै छौं । इन्टरनेट नयाँ प्रविधि हो, अहिले शिक्षक वा अभिभावकको भूमिका भएका हामीहरुको बाल्यकाल यो प्रविधिसँग वितेन । परिणामतः हामी पनि यी प्रविधिसँग भर्खरै परिचित हुँदैछौं । त्यसमाथि बालबालिका/किशोरकिशोरीको जिज्ञासुपनले उनीहरुलाई प्रविधिका कुरामा हामीभन्दा जान्नेसुन्ने बनाइदिएको छ । जसले गर्दा, हामीले उनीहरुलाई प्रविधिको सही प्रयोगका बारेमा आफै सिकेर अथवा जान्ने–बुझ्नेहरुको सहयोग लिएर बालबालिकालाई सिकाउन अग्रसर नहुने हो भने यसबाट उनीहरुलाई फाइदा भन्दा बढी बेफाइदा गर्ने र उनीहरु जोखिममा पर्ने सम्भावना अत्यन्त उच्च छ ।


अभिभावक/शिक्षकहरु स्पष्ट हुनुपर्ने कुराहरु
इन्टरनेट र बालबालिका/किशोरकिशोरीका बारेमा कुरा गर्दा अभिभावक तथा शिक्षकहरु त्लका कुराहरुमा स्पष्ट हुनु जरुरी छ । तल उल्लेखित बँदाहरुलाई आत्मसात् गर्न सक्दा हामी ठीक स्थानमा हुनेछौं, अन्यथा खतरा आउँदा टाउको लुकाउनुपर्ने अवस्थामा पुग्नेछौं ःइन्टरनेट र यसमा आधारित प्रविधिबाट बालबालिका/किशोरकिशोरीलाई पर राख्न सकिन्न । कथं त्यसो गरियो भने पनि त्यसले पार्ने असर र जोखिमले बालबालिका/किशोरकिशोरीको भविष्य अझ् अन्योलपूर्ण तुल्याउन सक्छ । त्यसैले नेट–इन्टरनेट, फेसबूक आदि चलाउँनै नदिनु गलत हो । इन्टरनेट सही प्रयोगको जानकारी नहुँदा बालबालिका/किशोरकिशोरी जोखिममा पर्ने संभावना रहिरहन्छ । त्यसैले चलाउँदै जान्छन, सिक्दै जान्छन् भनेर शिक्षक–अभिभावकले वास्तै नगर्नु पनि लगत हो ।इन्टरनेटको सही प्रयोग गर्दा बालबालिका/किशोरकिशोरीले ज्ञान हासिल गर्ने मात्रै होइन, सुखद बाल्यकालको अनुभूति गरेर जीवनका निम्ति उपयोग र अत्यावश्यक सीपहरु प्नि सँगसँगै सिक्न सक्छन् । सही रुपमा प्रयोग गरियो भने इन्टरनेट र यससम्बन्धी प्रविधिले दिने फाइदा, यसका बेफाइदाभन्दा कैयौं गुणा बढी छन् । बालबालिका/किशोरकिशोरीलाई इन्टरनेट र प्रविधिको सही प्रयोग सिकाउने र गर्न लगाउने जिम्मेवारी अभिभावक र शिक्षक दुबैको हो, कुनै एकबाट मात्र सम्भव हुँदैन ।

ह्यारी पोटर की कथाकार जे के रोलिङले भनेको एक बाक्यले माथिका बुँदालाई यसरी संक्षेपीकरण गर्छः “इन्टरनेट किशोरकिशोरीहरुका लागि एउटा बरदान र एउटा श्राप हो ।” निर्दोषहरुका लागि इन्टरनेट श्राप बन्न सक्छ । यसलाई बरदान बनाउने उपाय भनेको यसको अवसर जोखिमका बारेमा जानेर यसलाई सही र सुरीषत रुपले प्रयोग गर्नु हो ।बालबालिका र प्रविधिका अवसरइन्टरनेट वा मोबाइल/कम्प्यूटर हामी सबैका लागि जस्तै बालबालिका/किशोरकिशोरीका लागि वरदान हुन् । यिनको सही प्रयोगले बालबालिका/किशोरकिशोरीको ज्ञान, क्षमता र वृत्तिविकासका अनगिन्ती अवसर जुट्छ । यो प्रविधिको प्रयोगमार्फत नेपालका अधिकांश विद्यालयमा पुग्न नसकेको पुस्तकालय वा विज्ञान प्रयोगशाला वा प्रयोगात्मक शिक्षाको खाँचोलाई धेरै हदसम्म पूर्ति गर्न सकिन्छ । शिक्षकले विद्यार्थीलाई सजिलो तरिकाले पाठ बुझाउन मात्रै होइन, अभिभावक र बालबालिका/किशोरकिशोरीले स्वअध्ययनका लागि समेत यी प्रविधिको प्रयोग गर्न सक्छन् । सूचना र ज्ञानका यस्ता श्रोतलाई प्रयोग गर्न सकियो भने अहिलेसम्म विकसित मुलुकका बालबालिका/किशोरकिशोरीका लागि मात्र उपलब्ध थुप्रै ज्ञान हाम्रा बालबालिका/किशोरकिशोरीहरुले पनि प्रयोग गर्न सक्छन् ।इन्टरनेटको ज्यादा प्रयोगलाई मनोरोगको रुपमा व्याख्या गरिन्छ ।

अमेरिकी मनोवैज्ञानिक संघले त इन्टरनेट प्रयोगको कुलतलाई रक्सी वा लागूपदार्थकै कुलत बराबरको मनोसामाजिक समस्या समान बताएको छ । बालबालिका/किशोरकिशोरीहरुमा थरीथरीका प्रतिभा हुन्छन् । हाम्रा विद्यालयमा त्यस्तो प्रतिभा प्रस्फुटनका लागि थोरै मात्र अवसरहरु उपलब्ध हुन्छन् । हामीकहाँ अतिरिक्त क्रियाकलापहरु क्मै हुन्छन् र भएकामा पनि सबै विद्यार्थीको सहभागिता सम्भव हुँदैन । तर आफ्नो प्रतिभा वा चाहना बमोजिमको क्षमता विकासका लागि बालबालिका/किशोरकिशोरीले इन्टरनेटलाई प्रयोग गर्न सक्छन् । नयाँ कुरा सिक्न वा भएका प्रतिभाको प्रस्फुटन वा प्रतिभाको प्रदर्शनका लागि यसको प्रयोग हुन सक्छ । बोल्ने, लेख्ने र पढ्ने क्षमता बढाउन पनि यो सहायक हुन्छ ।इन्टरनेटले दिने सबैभन्दा ठूलो फाइदा भनेको बाल्यकालको सुखद् अनुभूतिमा मद्दत पुर्याउनु हो । सबै बालबालिका/किशोरकिशोरी पढाइृ वा लेखाइमा उत्तिकै राम्रा हुँदैनन्, हरेकमा केही न केही कमी–कमजोरी हुन्छन् नै । त्यसमाथि हाम्रा सामाजिक मूल्यमान्यता वा रीति/कुरीतिले बालबालिका/किशोरकिशोरीलाई आत्मसम्मान र आत्मविश्वासको विकासमा सहयोग नगरी भावनात्मक जोखिममा पारेका हुन्छन् । कैयौं बालबालिका/किशोरकिशोरी अन्तरमुखी स्वभावका हुन्छन् । त्यस्ता बालबालिका/किशोरकिशोरीका लागि इन्टरनेट प्रविधि आत्मविश्वास र आत्मवल बलियो पार्न सहयोग हुन सक्छ ।हामीले उबेला प्रयोग गर्ने पत्रमित्रता जस्ता साथीसंगी बनाउन अब चिठ्ठी लेखेर महीनौं कुनै पर्दैन, संसारभरका मानिसहरुलाई साथी बनाएर संसारभरका कुरा जान्न सकिन्छ । आफूजस्तै समस्यामा परेका मानिसहरुका कथाव्यथा पढेर आफ्नो व्यथा क मगर्न सकिन्छ भने विभिन्न प्रकारले आफ्ना विचारहरु पोख्न सकिन्छ । उदाहरणका लागि, विद्यालयमा साथीहस्को बारम्बार हेपाई वा चिस्क्याईमा पर्ने गरेका पीडितहरुले इन्टरनेटमा अरु साथीहरुबाट प्रशंसा प्राप्त गरेर तयो पीडा र निराशालाई क मगर्न सक्छन् ।

सामाजिक कार्यहरुमा संलग्न भएर वा सोसल मिडियामार्फत सामाजिक/राजनीतिक विषयहरुमा सक्रिय हुन पनि यो प्रविधिले किशोरकिशोरीलाई सघाउँछ ।तर जोखिम पनि कम छैनइन्टरनेट संचारप्रविधिको प्रयोग गर्दा सतर्कता अपनाउन सकिएन भने यसले ल्याउने जोखिमहरु झनै डरलाग्दा पनि छन् । सामान्य रुपमा बालबालिका/किशोरकिशोरलाई इन्टरनेटबाट हुनसक्ने खतरा यी हुन् :
(क) साइबर उत्पीडनः इन्टरनेट वा मोबाइल प्रविधि प्रयोग गर्ने बालबालिका/किशोरकिशोरी नकारात्मक, हानिकारक, गलत प्रकृतिका सामग्री आएर, उनीहरुका गोप्य कुराहरु कसैले फैलाइदिएर वा प्रचार गरिदिने त्रास देखाएर, ब्ल्याकमेलिङ गरेर उत्पीडनमा पर्न सक्छन् । यस्तो उत्पीडनले बालबालिका÷किशोरकिशोरीको आत्मबल तोड्ने र उनीहरुको मनोस्वास्थ्यमा नकारात्मक असर पार्ने काम गर्छ । साइबर उत्पीडनकै कारण कतिपय बालबालिका र किशोरकिशोरीले अपराधजन्य काम र आत्महत्यासम्म गरेका उदाहरण छन् ।इन्टरनेट र यसमा आधारित प्रविधिबाट बालबालिका/किशोरकिशोरीलाई पर राख्न सिकन्न । कथं त्यसो गरियो भने पनि त्यसले पार्ने असर र जोखिमले बालबालिका/किशोरकिशोरीको भविष्य अझ अन्योलपूर्ण तुल्याउन सक्छ । त्यसैले नेट–इन्टरनेट, फेसबुक आदि चलाउनै नदिनु गलत हो ।
(ख) यौन आग्रह/दुदुर्व्यवहारः यौन सम्बन्धी कुराकानी, नग्न वा यौनजन्य तस्वीरहरु पठाउने वा माग्ने, यौनिक विषयका जानकारीहरु माग्नेदेखि क्यामरामा यौन गतिविधि गर्न वा यौन सम्बन्धका लागि आकर्षित गर्ने र बाध्य पार्ने जस्ता कार्यहरु पनि इन्टरनेटमार्फत हुन सक्छन् । बालबालिका र किशोरकिशोरी जीवन नै बर्बाद हुने गरी फस्न सक्ने एउटा खतरा हो, यो ।


(ग) यौन सामग्रीमा पहुँचः इन्टरनेटमा अत्यन्त हानिकारक यौन सामग्रीहरु छरपस्ट रहेका हुन्छन् । त्यसमा इन्टरनेट प्रयोग गर्नेहरुको सजिलै पहुँच पुग्छ । यस्ता असुरक्षित यौन सामग्रीहरुको पहुँच र प्रयोगले बालबालिका÷किशोरकिशोरीमा नकारात्मक प्रभाव पर्छ, जसले जीवनभर उनीहरुलाई तनाव वा कुलतमा पार्न सक्छ ।
(घ) व्यक्तिगत गोप्यताका खुलासा : बालबालिका निर्दोष हुन्छन् र संसारलाई पनि आफूजस्तै ठान्छन् । निर्दोष ढंगबाट उनीहरुले इन्टरनेटमा राख्ने आफ्नो र परिवार बारेका जानकारीले उनीहरुमाथि साइबर उत्पीडन वा यौन दुव्र्यवहार हुने संभावना बढ्छ । सामान्यतया गोप्य राख्नुपर्ने जानकारीहरु उनीहरुले अन्जानमै वा त्यसका असरहरुका बारेमा नबुझी सार्वजनिक गरिरहेका हुन सक्छन् ।
(ङ) अनुचित प्रयोगः अरु कसैको इन्टरनेट चलाउँदा वा आफ्नो इन्टरनेट पासवई अरुलाई दिंदा हुनसक्ने दुरुपयोग वा ह्याकिङको सम्भावना र इन्टरनेटबाट गरिने डाउनलोडहरु वा आफूले इन्टरनेटमा राखेका सामग्रीहरु गैरकानूनी हुन सक्छन् भन्ने जस्ता जानकारी सामान्यतया बालबालिका वा किशोरकिशोरीलाई हुँदैन । तर इन्टरनेटको यस्तो अनुचित प्रयोगका कारण पनि उनीहरु अनावश्यक हैरानी वा समस्यामा पर्न सक्छन् ।
(च) इन्टरनेट कुलतः इन्टरनेटको ज्यादा प्रयोगलाई मनोरोगका रुपमा व्याख्या गरिन्छ । अमेरिकी मनोबैज्ञानिक संघले त इन्टरनेट प्रयोगको कुलतलाई रक्सी वा लागूपदार्थकै कुलत बराबरको मनोसामाजिक समस्या समान बताएको छ । यसले मनोबैज्ञानिक मात्र नभई शारीरिक असरसम्म गर्ने चिनियाँ वैज्ञानिकहरुको दाबी छ ।ज्ञान नै समाधानइन्टरनेट, सामाजिक संजाल आदिको अन्धाधुन्द प्रयोगबाट बालबालिका र किशोरकिशोरीमा पैदा हुने जोखिम क मगर्न वा प्रविधिको दुरुपयोग कम गरेर यसको सदुपयोग बढाउने एउटै भरपर्दो उपाय– यसका बारेमा जानकारी राख्नु हो । बालबालिका÷किशोरकिशोरीलाई अभिभावक र शिक्षकहरुले इन्टरनेट र यसका विभिन्न पक्षहरुबारे पर्याप्त ज्ञान प्रदान गर्न सके यसको नकारात्मक असरबाट बच्न सकिन्छ र प्रभावारी प्रयोग हुन सक्छ ।

प्रकाशित मिति २०७५ माघ १९ गते शनिवार ११:३८
प्रतिक्रिया दिनुहोस