“१६ बर्ष भित्र नै छोरीको बिबाह गर्दिनुपर्छ, छोरीहरु बिग्रन थाले”, सभामा पुर्बमन्त्रीको भनाई

“१६ बर्ष भित्र नै छोरीको बिबाह गर्दिनुपर्छ, छोरीहरु बिग्रन थाले”, सभामा पुर्बमन्त्रीको भनाई

इ-परेवा

@Eparewa

२०७५ माघ २० गते आईतबार १२:०९

प्रदेश २ की सांसद करिमा बेगमले छोरीहरूको विवाह १६ नकट्दै गरिसक्नु पर्ने बताएकी छन्।   बिहीबार प्रदेश सभा बैठकमा बोल्दै यस्त्तो बताएकी हुन ।उनी संघीय सरकारकी पूर्वमन्त्रीसमेत रहेकी थिईन । अहिले नेपालमा २० बर्ष भन्दा अगाडी बिबाह...

प्रदेश २ की सांसद करिमा बेगमले छोरीहरूको विवाह १६ नकट्दै गरिसक्नु पर्ने बताएकी छन्।   
बिहीबार प्रदेश सभा बैठकमा बोल्दै यस्त्तो बताएकी हुन ।उनी संघीय सरकारकी पूर्वमन्त्रीसमेत रहेकी थिईन । अहिले नेपालमा २० बर्ष भन्दा अगाडी बिबाह गर्न नपाउने नियम छ । बेगमले कानुनविपरित हुनेगरी अभिव्यक्ति दिएकी हुन्। 

‘छोरीहरूको बिहेको लागि २० वर्षसम्म प्रतीक्षा गरियो भने बिग्रने डर भएकोले १६ वर्षभित्रै बिहे गर्नु उपयुक्त हुनेछ।’
सत्तारूढ संघीय समाजवादी फोरमकी सांसद बेगमले  २० वर्ष पुगेपछि मात्रै छोरीको विवाह गर्नुपर्ने कानून ल्याएर गल्ती भएको बताइन्।

छोरीको बिहे २० वर्षपछि गर्ने भएकैले भागी विवाहको संख्या वृद्धि भएको उनको तर्क छ। सांसद बेगमले आमाबुवाको इज्जत जोगाउन पनि कमै उमेरमा विवाह गर्नु उपयुक्त हुने जिकिर गरिन्।
अझ उनले प्रदेश सरकारले नै छोरीहरूको सामूहिक विवाहको आयोजना गर्नुपर्ने सुझाव दिईन । ‘यसबाट गरिब आमाबुवाले आफ्नो छोराछोरीको बिहे कम खर्चमै गर्न सक्छन्,’ बेगमको सुझाव छ।

यसअघि पनि बलात्कारबारे बेगमले विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। युवतीले लगाउने छोटो कपडाका कारण बलात्कारका घटना बढेको उनको तर्क थियो।

प्रकाशित मिति २०७५ माघ २० गते आईतबार १२:०९
प्रतिक्रिया दिनुहोस