एजेन्सी-बलिउड अभिनेत्री सनी लियोनले हालसालै एउटा कण्डमको विज्ञापन गरेकी छन । त्यस बिज्ञापनका कारण उनी अहिले अत्यन्तै आलोचित बनेकी छिन् । रिपब्लिकन पार्टी अफ इन्डिया (आरपिआइ) को महिला विभागले सन्नी लियोन अभिनीत कण्डमको विज्ञापनको कडा विरोध गरेको छ । आरपिआइले यस विज्ञापनको प्रसारणमाथि रोक लगाउनु पर्ने माग समेत गरेको छ ।

आरपिआईकी महिला विभागकी सचिव शीला गांगुर्देले भनिन्, ‘यो विज्ञापन हेर्दा सबै महिला दर्शक लाजले भुतुक्क हुन्छन् । विज्ञापनमा साह्रै फोहोरी दृश्य छ, जुन हेर्न साह्रै अप्ठेरो लाग्ने खालको छ । टेलिभिजन च्यानलहरूमा देखाइने यस विज्ञापनको दृश्यले हरेक घरका आमा, छोरी, दिदीबहिनी र पत्नीहरूका लागि असहज परिस्थिति सिर्जना गरिदिएको छ ।’

यस्ता खालका विज्ञापन प्रसारणमा रोक लगाउन भन्दै आफ्नो संगठन समक्ष थुप्रै महिलाले उजुरी गरेको नेतृ शीला गांगुर्देले दाबी गरिन् । यो लगायत यस्ता खालका गर्भनिरोधकका साधनको विज्ञापन प्रसारणमा रोक लगाउनु पर्ने माग रहेको उनले बताइन् ।