काठमाडौं-नेपाली युवतीलाई विभिन्न नाकाबाट भारत लगायत बिभिन्न मुलुकमा बेचबिखन गर्ने गरेको पाईन्छ । मानबतस्करहरुले यसका लागि विभिन्न उपायहरु अपनाउने गरेका छन् । भारत हुदै तेस्रो मुलुक पुर्याउँदै आएको मानवतस्कर समूहले नयाँ बाटो प्रयोग गर्ने गरेको रहस्या खुलेको खुलेको छ । भारत लगायत विभिन्न मुलुकमा नेपाली युवतीलाई राम्रो काम लगाइदिने भन्दै लैजाने गर्दछन । सम्बन्धित स्थानमा लगिसकेपछि विभिन्न यौनजन्य क्रियाकलापमा संलग्न गराउने गरेको छन् । मानबतस्कर गिरोहले पूर्वोत्तर भारतको मणिपुर हुँदै म्यान्मार पुर्याउने र त्यहाँबाट खाडी तथा अफ्रिकन मुलुकमा पुर्याउने गरेको रहष्य खुल्न आएको छ । उनीहरुलाई वेश्यावृत्ति लगायत यौनजन्य क्रियाकलापमा जबरजस्ती संलग्न गराउने गरेको पाइएको छ ।
महिला बेचबिखनविरुद्ध लामो समयदेखि काम गर्दै आएको माइती नेपालले म्यानमार हुँदै नेपाली युवतीलाई तेस्र्रो मुलुक पुर्याउने रहस्या पत्ता लगाएको दाबी गरेको छ । काठमाडौं विमानस्थलमा नेपाली महिलालाई तेस्रो मुलुक जानमा कडाई गरेपछि दलालले पूर्वोत्तर भारतको नाका प्रयोग गरेर म्यानमार पुर्याउने र त्यहाँको यांगुनअन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरी नेपाली युवतीलाई अन्य मुलुक पु-याउने गरेको माइती नेपालका अध्यक्ष विश्व खड्काले जानकारी दिनु भयो ।
प्रकाशित मिति २०७५ माघ २० गते आईतबार ०५:०४