काठमाण्डौ – अहिले नेपाली मिडियामा मेघना मगर भनेर नचिन्ने शायद कमै भेटिन्छन् । मोडलिङ र नृत्यमा आफ्नो पौरखले दर्शकको मन जित्न सफल भएकी मगर समुदायमा जन्मे हुर्केकी मेघना मगरले बेलाबेला अति नै हट फोटो सुट दिएर चर्चामा आउने गरेकी छन् । उनको १३ बर्षको उमेरमा बिबाह भएको थियो । उनका आफ्नै बाबुले नागरिकता दिन नमानेपछि साैतनी बाबुले नागरिकता दिलाएका थिए । उनले एक अन्तर्बार्तामा बताईन ।

वेल डान्स एकेडेमी स्थापना गरेर नृत्यको विकासमा मेघना जुटेकी कलाकार हुन् । उनको मोडलिङ र कोरियोग्राफी रहेका भिडियोहरू बजारमा धेरै नै आइसकेका छन् । डान्समा आफूलाई सानैदेखि लगाव रहेकोले घरपरिवारको सहयोग नभएरै पनि उनी यो क्षेत्रमा जम्दै गरेकी छन् ।
हालसम्म ३ दर्जन भन्दा बढी भिडियो खेलिसकेकी मेघनाले कोरियोग्राफी मात्र हैन मोडलिङमा समेत दख्खल राख्छिन् । उनले धेरै भिडियोहरूमा मोडलिङ गरिसकेकी छन् भने उनका आइटम डान्स र आधुनिक भिडियोहरू धेरै छन् । आइटम डान्समा अति नै बोल्ड अवतार दिन उनी पोख्त छिन् ।

म्युजिक भिडियो र कोरियोग्राफी गरिरहेकी उनलाई एक्टिङ क्षेत्रमा भने कुनै रहर छैन । ‘‘अफर धेरै आए तर मैले रिजेक्ट गरे । यदि कुनै फिल्महरूबाट कोरियोग्राफी र आइटम डान्सको अफर आउंछ भने म काम गर्छु’’, मेघना भन्छिन्, ‘‘म एउटा डान्सर तथा कोरियोग्राफर हो । त्यसैले म एक्टिङलाई भन्दा डान्सलाई नै महत्व दिन्छु ।’’

बोल्ड ईन्टरभ्यु/नृत्य भिडियो हेर्नुहोस
तस्बिर न‌ं. १
तस्बिर न‌ं. २
तस्बिर न‌ं. ३

तस्बिर न‌ं. ४
तस्बिर न‌ं. ५
तस्बिर न‌ं. ६
तस्बिर न‌ं. ७
तस्बिर न‌ं. ८
तस्बिर न‌ं. ९
तस्बिर न‌ं. १०

यो पनि पढ्नुहोस

“नेपाल फर्के पछि के गर्छौ ?” बेश्यालय खोल्न चाहन्छु, सिधै जवाफ आयो