सिताके च्याउ एकदमै लोकप्रिय च्याउ हो । यो च्याउ अन्य च्याउहरु भन्दा फरक भएको कारणले गर्दा म‌ंहगो पनि छ । यसको लोकप्रियता बढ्दो मात्रामा रहेको पाईन्छ । यो लोकप्रिय र सर्वप्रिय हुनाको कारण यसमा भएको मासुजस्तो स्वाद नै प्रमुख कारण हो । देशका मुख्य शहरहरुका ठुला ठुला डिपार्टमेन्टल स्टोरहरुमा यो च्याउ उपलब्ध हुने भएतापनि यो स्याउ अन्य च्याउभन्दा महंगो छ, कारण यसमा अरू च्याउभन्दा केही फरक छ ।
सिताके च्याउ अनेक प्रकारका स्वादमा समेत पाइन्छन् । त्यसमाथि यो च्याउमा पर्याप्त भिटामिन बि हुन्छ र यसले क्यान्सरजस्तो प्राणघातक रोगका सेलहरुसँग जुध्ने काम गर्छ । त्यसमाथि रक्तप्रवाहसम्बन्धी विभिन्न रोग र विभिन्न रोगको संक्रमणमा समेत यो उत्तिकै प्रभावकारी छ ।ब्याक्टेरिया र भाइरस र फङगसहरुसम्बन्धी आक्रमणमा समेत यो च्याउ उत्तिकै प्रभावकारी हुन्छ । सिताके च्याउको नियमित उपयोगले रक्तसंचार नियन्त्रण र दुखाईसम्बन्धी रोग घटाउन समेत भूमिका खेल्ने गर्दछ ।

यसका प्रमुख ८ फाइदाहरू यसप्रकार छन् :-
१. मोटोपना घटाउने, सिताके च्याउमा रहेका केही तत्वहरु यस्ता छन् जसले शरीरमा रहेका अनावश्यक चिल्लोलाई घटाउने काम गर्छन् ।
२. रोगप्रतिरोधात्मक क्षमता बढाउने, प्राय सबै च्याउले रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छन् र भिटामिन, खनिज र पाचन रस उत्पादन गर्छन् । यो च्याउले पनि सोही काम गर्छ ।
३. क्यान्सर सेलसँग भिड्ने, सिताके च्याउ क्यान्सरका कोषसँग लड्छ र सिताके च्याउमा भएको लेन्टिनान तत्वले क्यान्सरको उपचारका क्रममा कमजोर भएका क्रोमोजमलाई सध्दे पार्न मद्दत गर्छ । यसकारण सिताके च्याउलाई क्यान्सरको सबैभन्दा बढी प्रभावकारी प्राकृतिक उपचारका रूपमा समेत लिन सकिन्छ ।
४. मुटुरोगमा सहयोगी, माथि नै उल्लेख गरिसकिएको छ कि मटु र सहज रक्तप्रवाहका लागि सिताके हाम्रो शरीर सञ्चालनमा सहायक हुन्छ । सिताकेमा भएको स्टेरोल यौगिकले कलेजोमा उत्पादन हुने कोलेस्ट्रोल उत्पादनमा बाधा पु¥याउँछ । उच्च रक्तचाप नियन्त्रणमा समेत यो सहयोगी हुन्छ ।


५. ब्याक्टेरियासँग लड्ने, सिताके च्याउले अन्य सहयोगी कोषहरुलाई हानि नपु(याई मुखको स्वास्थ्यसँग सम्बन्धित किटाणुहरुलाई आक्रमण गर्ने गर्दछ ।
६. शक्ति र दिमागी तागत बढाउने, यो च्याउमा अत्यन्त धेरै भिटामिन बि पाइने हुनाले यसले खानमा पाइने पोषणलाई सहज रूपमा प्रयोग गर्न सकिने शक्तिमा रूपान्तरण गर्दछ । यसले शरीरका हर्मोनलाई सन्तुलित पार्न सहयोग पु¥याउँछ जसका कारण दिमागलाई तेजिलो बनाउँछ । यसको सिधा असर मान्छेको ज्ञान प्राप्तिमा समेत हुन्छ ।
७. भिटामिन डीको स्रोत, यद्यपि भिटामिन डिको राम्रो स्रोत घाम नै हो, सिताके च्याउले पनि उचित भिटामिन डी उपलब्ध गराउँछ । भिटामिन डी हाडको स्वास्थ्यका लागि आवश्यक छ । त्यसका साथै मुटुरोग, डायबिटिज र कतिपय क्यान्सरविरुछ पनि भिटामिन डीले सहयोगी भूमिका खेल्छ ।
८. छालाको रोगमा उत्तिकै प्रभावकारी, शरीरमा मुसा, बिबिरा जस्ता समस्याहरुमा समेत सिताकेले महत्वपुर्ण भूमिका खेल्छ । यसमा भएको जिंक तत्वले छालासम्बन्धी विभिन्न रोगहरुमा हितकारी हुन्छ ।

कृषिपोष्ट