वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा रहदा विभिन्न कारणले ज्यान गुमाएका मृतक नेपाली नागरिकहरूका आफन्तलाई सरकारले राहत दिने भएको छ। साउदी अरब स्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै कामदारहरूले साउदी अरबमा रहँदा काम गरेको...
वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा रहदा विभिन्न कारणले ज्यान गुमाएका मृतक नेपाली नागरिकहरूका आफन्तलाई सरकारले राहत दिने भएको छ। साउदी अरब स्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै कामदारहरूले साउदी अरबमा रहँदा काम गरेको अवधिको तलब-भत्ता, ब्लड मनि समेत गरेर कुल ७,९८,५७६.७४ साउदी रियाल २०७५ माघ १७ गते नै नेपाल स्थित परराष्ट्र मन्त्रालयको खातामा ट्रान्सफर भइसकेको जानकारी गराइएको छ। दूतावासको उक्त जानकारीमा ३० जना मृत कामदारको, जिल्ला, राहदानी नम्बर, पाउने रकम, र मृत्युको कारण समेत खुलाइएको छ।