काठमाडौं -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री वद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
समाज कल्याण परिषदले प्रचलित मापदण्ड र प्रकृया विपरीत भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा ३१ करोड ५२ लाख १७ हजार ६७५ रुपैयाँ २० पैसा हानी भएको अख्तियारको ठहर छ ।