काठमाडौं – अभिनेत्री करिष्मा मानन्धर धेरै पुरानो नायिका हुन तरपनि उनको सुन्दरताको उस्तै प्रसंशा हुने गरेको छ । केहि समय अगाडी उनको वक्षमा खोपिएको ट्याटुको तस्बिर भाइरल भयो । उनीले आफ्नो वक्षमा गुरासको फुल बनाएकी छिन ।

अभिनेत्री करिष्मा मानन्धर

अभिनेत्री सुभेच्छा थापा बिभिन्न बिबादमा आईरहने अभिनेत्री हुन । अभिनेत्री सुभेच्छा थापाले पनि आफ्नो बक्षको माथिल्लो भागमा ट्याटु खोपेकी छिन । उनले दुई नेपालको झण्डा क्रश बनाएर आई लभ नेपाल लेखेकी छन ।

अभिनेत्री सुभेच्छा थापा

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको वक्षमा खोपिएको ट्याटुको तस्बिर भाइरल भयो । यसमा उनको आलोचनामात्र भएन, प्रष्टीकरण पनि दिनुपरेको थियो । उनले ट्याटु बनाउनेले नै तस्बिर सामाजिक सञ्जालमा भाइरल पारेको बताउँदै आवेग समेत पोखेकी थिइन् ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह

अभिनेत्री जिया के.सि.ले पनि आफ्नो बक्षमा ट्याटु बनाएकी छिन । उनको बक्षमा बनाईएको ट्याटुमा बिच्छि देख्न सकिन्छ ।

अभिनेत्री जिया के.सि.

यस्तै क्रममा अभिनेत्री शशी खड्काले पनि आफ्नो बक्षभन्दा केहि माथि ट्याटु बनाएकी छिन । उनले बनाईएको ट्याटुमा पुतली देख्न सकिन्छ ।

अभिनेत्री शशी खड्का

अभिनेत्री सुष्मा कार्कीबाट सुरु भएको मान्छन् कतिपय कलाकार । कार्कीले सूर्याकारको ट्याटु खोपेकी छन् । ट्याटुमात्र नभएर कार्कीले नाइटोमा पियर्सिङ पनि गरेकी छन् ।कतिपय ट्याटु रहरमात्र नभएर अध्यात्मसँग जोडिएका सौख पनि हुने गरेका छन् । यस्तो सौखका आधारमा नै आफुले ट्याटु खोपेको त अभिनेत्री करिश्मा मानन्धरले बताउँदै आएकी छन् । उनले पनि वक्षमै टयटु खोेपेकी छन् ।

अभिनेत्री सुष्मा कार्की

ट्याटु हात, खुट्टा, ढाडलगायत शरिरमा आकर्षित अंगमा खोप्ने चलन नेपालबाट सुरु भएको होइन, यो विश्वव्यापी प्रचलनअनुसार नै खोपिने गरेको छ । कतिपयले ‘नाइटो’ वरिपरि, कम्मर, पेटमा पनि खोप्ने गरेका छन् । तर नेपालका प्रायः अभिनेत्रीले भने ‘क्लिभेज’ मा देखिने गरी वक्षको वरिपरि नै खोपेका छन् ।

एकजना ट्याटु बनाउने कलाकारका अनुसार युवतीहरूका गोप्य अंग र आकर्षित बनाउने ठाउँमा ट्याटु बनाउने काम आउँछ । कतिपयले तिघ्रा, पाखुरा, वक्ष, नाइटो, पेट वा त्यसका वरिपरि र ढाडमा समेत खोपाउने गरेका छन् । उनी भन्छिन्,‘यो एक प्रकारको आइडेन्टीटी पनि बन्दो रहेछ । त्यसैले यस्तो रिक्वेस्ट आउने गरेको छ । कलाकारले मात्र होइन टिएजर्सलगायतले पनि खोप्ने गरेका छन् ।’

ट्याटु विश्वबजारमा १५ औं शताव्दी देखि नै खोप्ने चलनमा आएको बताइन्छ । अमेरिकालगायत युरोपियन मुलुकहरूले यसलाई प्रचलनमा ल्याएका हुन् ।तर ट्याटु खोप्ने कलाकार भने जापानले धेरै भन्दा धेरै उत्पादन गरेको बताइन्छ । खासगरी सैनिकहरूलाई युद्धमा जाँदा नचिनिने बनाउनका लागि ट्याटु खोप्ने प्रचलन थियो । जुन आधुनिक विश्वमा आउँदा ख्याती प्राप्त फेसन बनिसकेको छ ।