चितवन – महेश सन्यास आश्रम तथा महेश संस्कृत गुरुकुलको रजत वर्षको अवसरमा
आयोजना भएको “देवघाटधाम विराट ज्ञान महायज्ञ २०७५”समुद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको छ । उक्त कार्यक्रममा धर्मका लागि जनमत संग्रह गर्न माग गरिएको छ। गलेश्वर आश्रमका पिठाधीश आत्मानन्द गिरीले धर्मको नाममा जनमत संग्रह गर्नुपर्ने बताए।

सबै भन्दा बढी हिन्दु धर्म मान्ने जनता भएको यो देशमा धर्म र स‌ंस्कृतिको रक्षाको निम्ति सबैले सोच्नुपर्ने बताए । चाहे धर्म निरपेक्ष होस् या हिन्दु धर्मको राष्ट्र होस्, ‘एक पटक जनमत संग्रह हुनुपर्छ। हिन्दु राष्ट्र रहेको नेपाललाई एकाएक धर्म निरपेक्ष बनाइएकाले नेपाली जनताको चाहना बुझ्नको लागि जनमत संग्रह गर्नुपर्ने बताएका हुन ।

फागुन १ गतेसम्म स‌ंचालन हुने महायज्ञमा हरिहर सन्यास आश्रमका पिठाधीश ज्ञानानन्द सरस्वतीले वैदिक धर्मको रुपमा रहेको हिन्दु धर्ममा रहेका साधु, सन्त, महात्म, प्राज्ञलाई नसोधी एकाएक धर्म निरपेक्ष बनाइदाँ दुःखीत बनाएको छ।‘वैदिक धर्म राष्ट्रको विकासको बाधक होइन, साधक हो,’ पुरानो धर्म वैदिक धर्मले मानिसलाई अनुशासीत बनाएको छ।’ त्यसैले धर्म निरपेक्ष राज्यको निर्णयलाई तत्काल हटाउनु पर्ने बताए ।
आझै, राष्ट्रपति भण्डारीबाट महेश संस्कृत गुरुकुलको ४२ कोठा भएको चार तले शिक्षण भवन उद्घाटन भयो ।