काठमाण्डौ – मंगलबार काठमाडौंमा आयोजित १५ औँ वार्षिकउत्सव कार्यक्रममा सरकारी स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसर पारेर विभिन्न सेवामा प्याकेज र छुटको व्यवस्था गरेको बताए ।

माघ २२ गतेदेखि एक महिनासम्मका लागि लागू हुने गरी एनटी मोबाइल एप डाउनलोड र रजिष्ट्रेशनमा निःशुल्क एक सय एमबी डाटा उपलब्ध गराउने लगायतका प्याकेज तथा छुटको व्यवस्था गरिएको छ ।

प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीका अनुसार नेपाल टेलिकमको प्याकेज र छुट यस्ता छन् ।
१. माघ २३ गतेदेखि लागू हुने गरी फागुन ८ गतेसम्म रजिष्टर हुने नयाँ पोष्टपेड ग्राहकलाई ३ महिनासम्म प्रतिमहिना १ जीबी अलटाइम डाटा र सय मिनेटसम्म भ्वाइस बोनस दिने घोषणा पनि गरेको छ ।
२. पोष्टपेडका ग्राहकलाई नौ सयको रिचार्जको प्याकेजमा प्रतिमहिना ३ दशमलब ३ जीबी डाटा र ५ सयको रिचार्जमा फ्री रिसोर्स उपलब्ध गराउने भएको छ ।
३. पनि जानकारी दिनुभयो । त्यसै गरी टेलिकमले आफ्नो वार्षिक उत्सवको अवसर पारेर टुरिष्ट प्याकेज अन्तरगत ५ सय रुपैयाँमा ५ जीबी डाटा र नेपाल टेलिकमको नेटवर्कमा ५० मिनेट भ्वाइस कल र सय रुपैयाँको अन्तर्राष्ट्रिय कलसमेत गर्न सकिने छुटको पनि व्यवस्था गरेको छ ।
४‍. २०७४ सालको असार मसान्तसम्म टेलिफोनको बक्यौता तिर्न बाँकी रहेका ग्राहकहरुले २०७६ असार मसान्तसम्म बुझाएमा जरिवाना छुट गर्ने व्यवस्था गरिएको छ ।
५. साथै टेलिकमले नेत्रहीन नागरिकहरुलाई सीडीएमए र जिएमएस सेवामा पनि भारी छुटको व्यवस्था गरेको छ ।