करेन्ट दुर्घटना: रवि ओड जस्तै पिडितको संख्या बृद्धि (भिडियो सहित)

करेन्ट दुर्घटना: रवि ओड जस्तै पिडितको संख्या बृद्धि (भिडियो सहित)

इ-परेवा

@Eparewa

२०७५ माघ २३ गते बुधबार ०४:०२

शोकमा डुबेका रवि ओड मन बलियो बनाएर साङ्गीतिक कार्यक्रमका लागि विदेश यात्रामा छन्। रवि ओड शोकमै भएपनि 'मुटुमाथि ढुङ्गा राखी' उनी परदेश गएका नेपालीहरूलाई मनोरञ्जन दिन व्यस्त छन्। परिवारजनको पीडातर ओड परिवारले भोगेको शोक आलै छ।...

शोकमा डुबेका रवि ओड मन बलियो बनाएर साङ्गीतिक कार्यक्रमका लागि विदेश यात्रामा छन्। रवि ओड शोकमै भएपनि ‘मुटुमाथि ढुङ्गा राखी’ उनी परदेश गएका नेपालीहरूलाई मनोरञ्जन दिन व्यस्त छन्।


परिवारजनको पीडातर ओड परिवारले भोगेको शोक आलै छ। भारतको मुम्बईमा चौकिदारी गर्ने उनका बुवा कञ्चनपुर फर्किएका छन्। रवि ओडका भाइ जिगर ओडले बीबीसीसँग भने, “हाम्रो ठूलो क्षति भयो। ममी गुमाएको त्यो क्षण हामी बिर्सन चाहन्छौँ, तर बिर्सिन सकिरहेका छैनौँ।”
एकाबिहानै करेन्ट लागेर अचेत विष्णादेवी ओडको अस्पताल लैजाने क्रममा ज्यान गयो।
त्यसको एक महिनापछि गत साता जनवरी २५ को साँझपख धनुषाको सवैलामा जन्ती चढेको बसमा लत्रिएको बिजुलीको तारबाट करेन्ट प्रवाह हुँदा ६ जनाको ज्यान गयो।


सिन्धुलीको दुधौली नगरपालिका, जितपुरका रामबाबु अधिकारी, ४५, जन्ती बसमा करेन्ट प्रवाह हुने बित्तिकै “सबैलाई बसबाट ओराल्न व्यस्त थिए”। त्यस्तो सहयोगी स्वभावका मूली गुमाएपछि अधिकारी परिवार अहिले असह्य पीडामा छ। बुधवार उनको १३ दिनको किरिया कर्म पूरा हुँदैछ।
बीबीसीसँगको संक्षिप्त कुराकानीमा उनकी पत्नी धर्मशिला अधिकारीले टेलिफोनमा भनिन्, “कसको कमजोरीले उहाँको ज्यान गयो? म केही भन्न सक्दिन। तर दुई छोरा र एक छोरीलाई अब म एक्लैले कसरी हुर्काउने होला?”


कमजोरी कसको?त्यसको जवाफ सहज छैन। तर प्रश्न उठ्न सक्छ: कसको कमजोरीले त्यो जन्ती बसमा विद्युतको झट्का लाग्न पुग्यो र विवाह उत्सव मनाएर फर्किएका ६ जनाको ज्यान जाने गरी त्यत्रो ठूलो दुर्घटना भयो? के स्थानीय गाउँ वा नगरपालिकाको कमजोरी थियो त्यहाँ? कि नेपाल विद्युत प्राधिकरणकै लापर्बाही थियो? वा चालकको हेलचक्य्राइँले त्यो दुर्घटना भयो?

बिबिसि नेपाली सेवा-
 भिडियो सहित पुरा पढ्न क्लिक गर्नुहोस

प्रकाशित मिति २०७५ माघ २३ गते बुधबार ०४:०२
प्रतिक्रिया दिनुहोस