काठमाण्डाै – संसारमा आफुजस्तै अरु पनि हुने आकलन त गरिन्छ तर भेट्न मुश्किल पर्छ । तर बलिउड अभिनेत्री अनुष्का शर्माले यतिबेला आफुजस्तै जोडी भेटेकी छिन । उनि यतिबेला सामाजिक सञ्जालमा छाइरहेकी छिन । अनुष्काकाे यसरी चर्चा हुनुको कारण उनको अभिनय वा फिल्मका कारण नभई उनीजस्तै देखिने अर्की महिलाका कारण चर्चामा छिन् । उनिहरु बिच एक आपसमा ट्विटरमा फोटो सेयर समेत गरिसकेका छन ।

अमेरिकाकी गायिका जूलिया माइकल्स र अनुष्का शर्मा हुबहु देखिएपछि उनीहरु जुम्ल्याहा रहेको भन्दै सामाजिक सञ्जाल प्रयोग कर्ताले उनीहरुको तस्बिर सेयर गरिरहेका छन ।
यसरी आफूलाई अनुष्का शर्मा जस्तै देखिने भन्दै सामाजिक सञ्जालमा चर्चा भएपछि स्वयम् जुलिया माइकल्सले ट्विटरमा अनुष्का र आफ्नो फोटो सेयर गरेर ‘अनुष्का शर्मा हामी दुई जुम्ल्याहा’ भन्दै अनुष्का शर्मालाई मेन्सन गरिन्।

चित्र नं. १
चित्र नं. २
चित्र नं. ३
चित्र नं. ४

कुन जुलिया कुन अनुष्का हो, चिन्नुभयो ?