महिला हिंसा जस्तो जघन्य अपराधमा मुख्यमन्त्री

महिला हिंसा जस्तो जघन्य अपराधमा मुख्यमन्त्री

इ-परेवा

@Eparewa

२०७५ माघ २४ गते बिहिबार ०२:१९

विराटनगर - संसदीय परम्पराअनुसार सदनमा प्रतिनिधित्व गर्ने सांसदहरुले मर्यादित भाषामा प्रस्तुत हुनुपर्छ । कसैमाथि पनि व्यक्तिगत एवं अप्रमाणित आक्षेपहरु लगाउनुहुँदैन । तर, बुधबार बसेको प्रदेश नम्बर १ को प्रदेशसभा बैठकमा त्यस्तो...

विराटनगर – संसदीय परम्पराअनुसार सदनमा प्रतिनिधित्व गर्ने सांसदहरुले मर्यादित भाषामा प्रस्तुत हुनुपर्छ ।

कसैमाथि पनि व्यक्तिगत एवं अप्रमाणित आक्षेपहरु लगाउनुहुँदैन । तर, बुधबार बसेको प्रदेश नम्बर १ को प्रदेशसभा बैठकमा त्यस्तो अवस्था देखिएन ।
प्रदेशसभाको बैठकमा बोल्ने विपक्षी दलका सचेतकले मुख्यमन्त्रीमाथि महिला हिंसाजस्तो जघन्य विषय जोडेर प्रश्न उठाए । साथै मुख्यमन्त्रीलाई ‘निरीह’ र ‘रुँदै हिँडेको’ जस्तो आरोपसमेत लगाए ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईमाथि महिला हिंसाको घटनामा उनको नाम जोडिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रदेश सभा बैठकमा सरकारको धारणा मागेको छ ।
बुधबार बसेको प्रदेश सभा बैठकको विषेश समयमा बोल्दै कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले मुख्यमन्त्री राईमाथि महिला हिंसासम्बन्धी आरोप लागेको भन्दै यसबारे प्रदेश सरकारको धारणा मागेका हुन् ।

‘मुख्यमन्त्री राईमाथि महिला हिंसाको विषयमा नाम जोडियो’ कांग्रेस सचेतक कार्कीले भने ‘आम जनताले यस विषयमा हामीलाई सोध्ने काम भयो, हाम्रो शीर निहुरियो । तर, सरकारको तर्फबाट यस विषयमा न कुनै स्पष्टीकरण आयो, न कुनै सन्देश,’ कार्कीले प्रदेशसभामा प्रश्न गरे, ‘सरकार किन चुँइक्क बोलेन ?’
मुख्यमन्त्री राईमाथि केही समयअघि नेकपाकै कार्यकर्ता रहेकी एक महिलाले आफू हिंसाको शिकार भएको आरोप लगाएकी थिइन् । उनले यस्तो आरोप धेरै पहिलेदेखि नै लगाउँदै आए पनि अप्रमाणित रहँदै आएको छ ।

बाकी पढ्नुहोस

प्रकाशित मिति २०७५ माघ २४ गते बिहिबार ०२:१९
प्रतिक्रिया दिनुहोस