सामाजिक सञ्जालमा एक युवाले धुर्मुस–सुन्तलीलाई ठग भनेका छन् । मनु वाइवा नाम गरेका एक युवाले सामाजिक सञ्जाल फेसबुक मार्फत धुर्मुस–सुन्तलीलाई आफ्नो घर परिवार पाल्न बिदेसिएकाहरुसंग पैसा उठाएर ठग्दै हिंडेकाे आराेप लगाएका छन् । यस्तै उनले अन्तराष्ट्रिय क्रिकेट स्टेडिएम बनाउन साउदी,कतार, जापान, मलेसिया, कोरियाजस्ता देशहरुमा गधाजस्तै जोतिने सम्पुर्ण साथीहरुलाई सुको नदिन आग्रह समेत गरेका छन् ।

गरिब दुखीको रगत पसिनाको कमाइले क्रिकेट स्टेडियम बनाएर आफ्नो नाम कमाउनलाई धुर्मुस–सुन्तलीले चलाखी गरेकाे दाबि गरेका छन् । देश विकास र निर्माणको नाममा गरिब दुखी श्रमजिबीहरुलाई लुट्दै आफ्नो नाम कमाउन बन्द गर्नसमेत अनुराेध गर्दै आफ्नाे फेसबुकका भित्तामा दुईवटा स्टाटस लेखेका छन् । “यो काम सरकारको हो सरकारले गर्छ,” उनको भनाइ छ । उनी भन्छन दुखिको लागि स्कुल र हस्पिटल बनाए, एक लाख सम्म दिन तयार छु तर स्टेडियम बनाउन सुक्को दिन्न ।