रोकिरहेको जीप पल्टदा ४ जनाको निधन भएको छ । सिन्धुली, फिक्कल गा. पा २, सुङ्ग्नाम गाउमा खाङ्ग्साङ्ग स्वास्थ शिबिरमा चेकजाँच गर्न गएका स्थानीय बासी चढेको बोलेरो जीप दुर्घटना भएको थियो । साघुटार डकाह सडकको डिलबाट करिब २०० मिटर तल खसेको थियो ।

बिहीवार दिउसो भएको उक्त दुर्घटनामा परि ४ जनाको घटनास्थलमा नै मृत्यु छ भने ड्राइभर सहित ५ घाइते भएका छन । घाईतेको खुर्कोट शुभजिबन अस्पतालमा उपचार भैइरहेको छ । घाइते मध्ये १ को स्थिति चिन्ताजनक रहेको बताईएको छ । ड्राइभरले भिरालो बाटोमा बिना ओट नराखी रोकेर राख्दा दुर्घटना भएको घाइतेको बयान छ । घटनाको थप विवरण आउन बाकी नै छ ।