सरकार पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न एक्सनमा उत्रेको छ । धेरै समय अगाडि नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिएका मालवस्तुमा पूर्ण वा आंशिक रूपमा भन्सार महसुल छुट दिन सक्ने प्रावधानको कार्यान्वयनमा सरकार उत्रेको हो ।
गत सोमबारमात्र सरकारले विदेशबाट फर्केका नेपालीहरुले बढी परिणाममा ल्याएको सामान बिक्रीका लागि सुचना निकालेको छ। सुचना निकालेपछि यसको चौतर्फी बिरोध भएका छ । र सरकारको कडा रुपमा आलोचना भएको छ । ३३ केजी सुन छिर्ने बिमानस्थलबाट बदेशमा गरिबले बगाएको पसिना छिरे भन्दै कडा अलोचना भएको छ ।निजी गुण्टा, झिटि, भारी सम्बन्धी सूचना जारी गरेको झण्डै अढाइ वर्षपछि गत सातादेखि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्यसमा गरिएका व्यवस्थालाई कडाइका साथ लागु गरेको जनाएको छ।


यात्रुहरूले तोकिएकोभन्दा बढी सामान ल्याउने चलन बढ्दै गएपछि त्यसमा कडाइ गरिएको अधिकारीहरूको भनाइ छ। कडाइ गरिएको १ सातामा सबैभन्दा बढी विभिन्न ब्राण्डका मदिरा जफत भएको छ। यसैबिच नायिका सामाजिक सञ्जालमा नायिका रेखा थापाले एक स्ट्याटस लेख्दै सरकारी यस्तो कदमको विरोध जनाएकि छन् ।उनले लेखेकि छन्, जाने बेला रुदै र फर्कने बेला पनि रुवाउने सरकारका यस्ता श्रमिकमारा कदम बिरुद्दको आवाज उठाउनु पर्छ। हाम्रा श्रमिक दाइभाइ यो देशका गौरब हुन र उनिहरुको असम्मान गर्ने अधिकार कसैलाई छैन । यो बन्द गरिएन भने म एल्लो किन नहोस् एयर्पोर्ट अगाडि बिरोध गर्न जान तयार छु।

उनको स्टाटस यस्तो छ
दुबइ, कतार, मलेशिया लगायत देशमा हाम्रा दाइभाइ पसिना बगाइरहेका आफ्नै आँखाले देखेको छु । ती श्रम क्याम्पमा बस्दा हुने अनुभुती नजिकबाट सुनेकिछु । जब बर्ष हरुपछी घर फर्किने सुखत दीन आउछ, आफन्त र घररिवारको लागि खुशीको स साना उपहार लिएर फर्कन चाहनु स्वाभाबिक हो । दुइटा फोन ,एइटा टि.भी वा त्यस्तै अरु सामान । निर्धा जनताले मिटर ब्याज तिरेर पराइ देश जान परेकोमा दया नभएको सरकार उनिहरुको कमाइले किनेको नासो देखेर यत्ती जलेको किन होला? तिनै युवाको पसिनाको रेमिट्यान्स बाट चलेको देशमा उनिहरुको आगमनमा लुट मच्चाउन किन परेको छ ? सक्नेले र हुनेले क्विन्टल सुन छिराउने एयर्पोर्टको काहानी जनताले थाहा पाएका छन- 


यिनै मजदुर बेचिखाने ब्रोकर, तिनैको पैसा माग्ने समाजसेवा, तिनैको नाममा राजनीति, अनी उनिहरुको कमाइको नासो किन खोस्दैछ सरकार? के परिवारको लागि चिनो ल्याउनु अपराध हो? मेरो बिचारमा यो श्रमिक माथि शोषन र अत्याचार हो । जाने बेला रुदै र फर्कने बेला पनि रुवाउने सरकारका यस्ता श्रमिकमारा कदम बिरुद्दको आवाज उठाउनु पर्छ । हाम्रा श्रमिक दाइभाइ यो देशका गौरब हुन र उनिहरुको असम्मान गर्ने अधिकार कसैलाई छैन । यो बन्द गरिएन भने- म एल्लो किन नहोस् एयर्पोर्ट अगाडि बिरोध गर्न जान तयार छु । 
आफु अरबौका सुबिधा लिने ,कर र भाडा तिर्नु नपर्ने, राज्य कोष खाएर बस्ने अनी मजदुरको झोला खोस्ने ??????