वेश्यावृती गरेको आरोपमा छ जना पक्राउ

वेश्यावृती गरेको आरोपमा छ जना पक्राउ

इ-परेवा

@Eparewa

२०७५ माघ २६ गते शनिवार ०४:००

घोराही - प्रहरीले वेश्यावृती गरेको आरोपमा छ जनालाई पक्राउ गरेको छ । दाङको घोराही उपमहानगरपालिका स्थित वीपी चोकमा रहेको दुई वटा होटेलबाट प्रहरीले वेश्यावृती गरेको आरोपमा छ जनालाई पक्राउ गरेको हो । घोराही उपमहानगरपालिकाको वडा...

घोराही – प्रहरीले वेश्यावृती गरेको आरोपमा छ जनालाई पक्राउ गरेको छ । दाङको घोराही उपमहानगरपालिका स्थित वीपी चोकमा रहेको दुई वटा होटेलबाट प्रहरीले वेश्यावृती गरेको आरोपमा छ जनालाई पक्राउ गरेको हो ।


घोराही उपमहानगरपालिकाको वडा नम्बर १५ मा रहेको फ्रेञ्च एण्ड फेमिली होटेल एण्ड लज र हाम्रो खाजाघरमा छापा मारेर प्रहरीले शुक्रबार दिउँसो होटेल सञ्चालकसहित छ जनालाई पक्राउ गरेको हो । वीपी चोकमा रहेको हाम्रो खाजाघरबाट वेश्यावृती कार्यमा संलग्न रहेका आरोपमा दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा एकजना होटल संचालक समेत रहेका छन् ।

नेपालमा याैन बजारको आधिकारीक कुनै स्थान नतोकिएता पनि देशका मुख्य मुख्य शहरहरुमा जहापनि अनाधिकृत रुपमा संचालन भएको याैन ब्यवसाय भेट्न सकिन्छ । भित्र भित्रै माैलाएको याैन व्यापार नियन्त्रणका लागि सरकारले कुनै कदम चलाएको देखिदैन ।

प्रकाशित मिति २०७५ माघ २६ गते शनिवार ०४:००
प्रतिक्रिया दिनुहोस