काठमाडौं -उत्तर प्रदेशको दुई जिल्ला र उत्तराखण्डको रुडकीमा विषालु मदिरा पिउँदा दजनौंको मृत्यु भएको छ । अहिले पनि थुप्रै मानिस मृत्युसँग संघर्षरत छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार अहिलेसम्म मृतकको संख्या ६४ नाघेको छ । जसमध्ये सबैभन्दा धेरै सहारनपुरका छन् । त्यहाँ मात्र ४६ जनाको मृत्यु भएको छ । जिल्ला अधिकारी आलोक पाण्डेय र पुलिस अधिक्षक दिनेश कुमार पीले संयुक्त वक्तव्य जारी गर्दै मृतकको संख्या बताएका हुन् ।

यो आंकडा बढ्ने अनुमान छ । उत्तराखण्डको रुडकीमा पनि विशालु मदिराका कारण १४ जनाको मृत्यु भएको छ ।
सहारनपुरको नागल, गागलहेडी र देवबन्द थाना क्षेत्रका कयौं गाउँमा दर्जनौं मानिस मृत्युसँग संघर्षरत छन् ।
राज्यका डीजीपी ओपी सिंहका अनुसार सहारनपुरमा मानिसहरुले पिएको यो मदिरा उत्तराखण्ड राज्यबाट ल्याइएको थियो ।

२०१३ मा वेस्ट बङालमा १३० जनाको मृत्यु भएको थियो, २०१५ मा लखनउमा १७ को मृत्यु १२२ बिरामी भएका थियो । भने २०१५ मा नै मुम्बईमा म ७४ जना मृत्यु भएको थियो । यो प्रतिनिधिमुलक घटना मात्र हुन । भारतमा यसरी मृत्यु हुनेको संख्या कैयौ छन । जसमा मृत्यु हुनेमा अधिकतम मजदुर, रिक्सा चालक किसान रहेने गरेका छन ।