काठमाडौं -स्कुल बसमा गियरको साटो बाँसको डन्डी प्रयोग गर्ने चालक पक्राउ परेका छन् । यो घटना नेपालको भने होईन , मुम्बईको एक स्कूल बस चालकले गियर राख्ने स्थानमा बाँसको प्रयोग गरेको हुनाले पक्राउ गरिएको छ । मंगलवार बिहान चालक राज कुमारको नामले चिनिने ड्राइभरलाई एक बीएमडब्ल्यू कारसँगैं मुम्बई प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेपछि प्रहरीले सोधपुछ गर्दा उनले गियर राख्नको लागि समय नभएको हुनाले आफुले यस्तो जुक्ति लगाएको जनाए ।

मुम्बईको एक स्कूल बसमा गियर राख्ने स्थानमा बाँसको प्रयोग

जब कार मालिकले यस घटनाको बारेमा थाहा पाए उनले तुरुन्तै प्रहरीलाई बोलाए, जसले कुमारलाई पक्राउ गरे । उत्ता स्कूलले आफ्ना विद्यार्थीहरु सुरक्षित भएको बयान दिएको छ । स्कुलले भनेको छ, “बसका विद्यार्थीहरू पूर्णतया सुरक्षित छन् ।” स्कुलको बयानअनुसार विद्यालयले स्कूल ट्राभल सदस्यहरुसँग घटनाको खोजी गरिरहेको छ र पूर्णतया सरकारी अधिकारीहरूलाई घटनामा छानविन गर्न सहयोग पुर्याउनेछ ।

स्कुलले भनेको छ, “एक पूर्ण लेखा परीक्षा तुरुन्तै सबै स्कूल बसहरू बाट सञ्चालन गरिनेछ् । एक पटक फेरि सबै यातायात ठेकेदार ड्राइभर र कर्मचारीहरुको पूर्ण प्रशिक्षण सञ्चालन गर्नेछ ।” यो घटनाले अहिले भारतीय बजार तातिएको छ । एजेन्सी