लम्की-सरस्वती पूजाको तयारी गरिरहेको समयमा करेन्ट लागेर एक शिक्षकको मृत्यु छ भने २ विद्यार्थी घाईते भएका छन । बाजुराको कुलमाण्डौँ स्थायी घर भई हाल घोडाघोडी नगरपालिका–२ साढेपानीमा रहेको दशरथ माविमा कार्यरत २३ वर्षीय शिक्षक हुकुम जैसी रहेका छन ।

करेन्ट लागेर दुई बिद्यार्थी घाइते भएका छन । घाइते हुनेमा सुशील बिष्ट र खम्बिर जोशी रहेका छन् । उनीहरुको घोडाघोडी अस्पताल सुख्खडमा उपचार भइरहेको छ । २६ गते सरस्वती पूजाको पूर्वतयारीका क्रममा विद्यालय हाताभित्र रहेको हरियो बाँस काटेर तान्ने क्रममा बाँसले हाइटेन्सनको नाङ्गो तारलाई छोएपछि करेन्ट लागेको थियो ।