सन्दीप लामिछानले आफ्नो पहिलो ओभरमा १ रन दिएर महत्वपूर्ण एक विकेट लिएका छन् ।सिड्नी सिक्सर्सविरुद्ध मेलवर्नस्टार्सका सन्दीपले टिमको आठौं ओभरमा आफ्नो व्यक्तिगत पहिलो ओभर बलिङ गरेका हुन् । उनले टिम कुरनलाई एलबी डब्लूको धरापमा पारे । कुरन १० रन बनाएर आउट भए । सन्दीपले टिमलाई भने छैटौं सफलता दिलाए ।

लिगको अन्तिम खेलमा स्टार्सले सेमिफाइनल पुगिसकेको सिक्सर्सलाई ९४ रनले पराजित गर्दा नेपालका स्टार खेलाडी सन्दीप लामिछानेले ३ विकेट लिए।
यसिअघिको खेलमा ब्रिसवन हिटसँग १० विकेटले हारेपछि स्टार्सलाई सेमिफाइनल पुग्न अन्तिम खेल जित्नैपर्ने दबाब थियो। त्यसमा बलरहरु चम्केपछि स्टार्सले नकआउट यात्रा तय गरेको हो। जितपछि स्टार्सले १४ खेलबाट ७ जितसहित १४ अक नै जोड्यो भने चौथो स्थानमा रहँदै सेमफाइनल पुग्यो। स्टार्सले अब फाइनल प्रवेशका लागि लिगमा पहिलो स्थानमा रहेको होवार्ट हुरिकेनसँग खेल्नेछ। पहिलो सेमिफाइनल बिहीवार हुनेछ।