बढ्दो महङ्गीले जो कोहीलाई पनि तनाव हुन सक्छ । नेपालको परिपेक्षमा आर्थिक रुपले सबल एंव सक्षम हुनको लागि अप्ठरो छ । त्यस्तो अवस्थामा अझ घर परिवार तथा व्यवहार चलाउने कुरा कुनै परिवारलाई आकाशको फल आँखा तरी मर भने जस्तो नै बन्न समेत पुग्न सक्छ ।
यो समस्या नेपालको मात्र नभएर विश्व भरी रहेका मानिसहरुको हो । जसले गर्दा तनावपुर्ण जिवन झेल्न धेरै मानिसहरु बाध्य रहेका पाईन्छ ।


– आम्दानीको स्रोत र खर्चका शिर्षकहरु पहिल्याउनु होस् । कहाँबाट कत्ति आम्दानी हुन्छ र कत्ति खर्च हुन्छ मोटा मोटी हिसाब गर्नुहोस् र भई परी आउन सक्ने कामहरुलाई पहिला पहिल्याउनुहोस् ।
– थोरै भए पनि बचतको भाग छुट्टयाउनु होस् । जसले भईपरिआएको बेलामा तपाईँलाई सहयोग पुग्ने छ ।
– तिर्नु पर्ने ठाँउ छ भने तिरी हाल्नुहोस् । जस्ले तपाईलाई थप आर्थिक बोझ कम हुने छ । साथै आफुले लिनु पर्ने ठाँउमा पनि लिने बानी गर्नुहोस्।
– जागिर खानु हुन्छ भने थोरै तलब भए पनि समयमा तलब दिने ठाँउमा जागिर गर्नुहोस् । व्यापारको हकमा उठाउनु पर्ने ठाँउमा समयमा नै पैसा उठाउने प्रयत्न गर्नुहोस् ।


– पैसा खर्च गर्ने बेलामा निक्कै पटक सोचेर सम्झेर मात्र गर्नुहोस् । अति आवश्यक सामाग्रीलाई विषेश प्राथमिकतामा राख्नुहोस् ।
– घरमा बाल बालिका छन् भने उनीहरुको शिक्षाको लागि पनि योजना बनाउनुहोस् । उनीहरुको शिक्षामा लाग्ने पैसा समयमा नै बुझाउने गर्नुहोस् र उनीहरुको शिक्षामा लगानी हुने पैसाको वार्षिक आँकडा निकाल्नु होस् ।
– रमाइलोको नाममा पैसा धेरैे खर्च नगर्नुहोस् । आफ्नो धेरै रमाइलो गर्ने र पैसा खर्च गर्ने बानी छ भने आफ्नो जिवन साथिलाई आर्थिक कारोबार गर्न दिनुहोस् ।


यो पनि पढ्नुस
जति मेहनत गरेपनि धन कमाउन सक्नुभएको छैन भने तपाईंलाई ग्रहदोष हुनसक्छ । यसलाई हटाउन ऊँ श्री हनुमते नमः यो मन्त्र दिनदिनै २१ चोटि जप्नुस् । काममा बाधा आउन पाउँदैन ।
अलिकति हिंग आफूमाथि घुमाएर उत्तर दिशामा फ्याँक्नुस् । अनि बिहानै तीनवटा हरिया अलैंची दाहिने हातमा राखेर श्रीं श्रीं उच्चारण गर्नुस् र खानुस् । त्यसपछि घरबाहिर निस्कनुस् । काम फत्ते हुन्छ ।


सुतेर बिहान उठेपछि दिनदिनै आफ्नो हत्केलालाई ध्यान दिएर हेर्नुस् र तीनचोटि चुम्नुस् । यसो गर्दा हरेक काममा सफलता पाउनुहुनेछ । शनिवारदेखि यसो गर्न शुरु गर्नुस् ।
पाँच रुपैयाँको नोटको त्रिकोण पिरामिड बनाएर पूजाकोठामा राख्नुस् । धनको कमी हुन थाल्नेबित्तिकै त्यो पिरामिडलाई देब्रे हातमा राखेर दासहने हातले छोप्नुस् । अनि पिरामिडले घरमा धन ल्याउँदैछ भनी कल्पना गर्नुस् ।


यसो गर्दा कताकताबाट तपाईंलाई धन आइलाग्छ । तर पैसाको साह्रै खाँचो भयो भने मात्र यसो गर्नुस् । गुरु पुष्य योग र शुभ चन्द्रमाको दिन बिहान हरियो रंगको कपडाको सानो थैलो बनाउनुस् । अनि श्रीगणेशको चित्र वा मूर्तिअघि बसेर संकटनाशन स्तोत्रको ११ चोटि पाठ गर्नुस् ।
त्यसपछि थैलीमा सातवटा मुँग, दश ग्राम साबुत धनियाँ, एक पञ्चमुखी रुद्राक्ष, एक चाँदीको सिक्का, दुईवटा सुपारी, दुईवटा बेसारको पोको बाँधेर गणेशजीलाई शुद्ध घिउको लड्डु भोग चढाउनुस् । त्यसपछि थैली कन्तूरमा राख्नुस् । एक वर्षपछि नयाँ थैली राख्नुस् । गरीब र ब्राह्मणहरूलाई दान दिनुस् । यसो गर्दा आर्थिक रूपमा तनाव हुँदैन ।
आइतवार भैरवको मन्दिरमा सिन्दूर चढाएर बटुक भैरव स्तोत्र पाठ गर्नुस् अनि गाई, काग र कालो कुकुरलाई मन पर्ने कुरा खुवाइदिनुस् । वर्षमा चार पाँचचोटि यसो गर्नुभयो भने सबै बाधा हटेर जान्छन् । एजेन्सी