काठमाडौं – मुस्ताङका उच्च हिमाली क्षेत्रमा नेपाली सेना र अमेरिकी सेनाको विशेष फौज संयुक्त सैन्य अभ्यास जारी छ। दुई देशका सेनाको ४८ सदस्यीय टोलीको संयुक्त सैन्य अभ्यास भइरहेको हो। नेपाली सेनाले उच्चहिमाली क्षेत्रमा मानवीय उद्दारका कार्यको अभ्यासका लागि दुई देशका सेनाको संयुक्त अभ्यास गरिएको जनाएको छ। सैन्य प्रवक्ता सहायक रथी यमप्रसाद ढकालले १५ वर्षदेखि हरेक वर्ष नियमित रुपमा हुने सैन्य अभ्यास यसपटक हिमपातका बीच पनि जारी रहेको बताए। भारी हिमपातका बीच पनि तालिम स‌ंचालन भईरहेको छ ।


ढकालका अनुसार यसपटकको अभ्यासमा अमेरिकाको युएस इन्डो प्यासिफिक कमान्डका ७ र नेपाली सेनाका ४१ अधिकारी अभ्यासमा छन्। नेपाली सेनाको महावीर रेञ्जर रेजिमेन्ट र हिमाली युद्धकला विद्यालयको अभ्यासमा सहभागिता छ। युएस इन्डो प्यासिफिक कमान्ड अमेरिकी हीतका लागि इन्डो प्यासिफिक क्षेत्रमा सुरक्षा साझेदारी तथा युद्ध गर्ने अमेरिकी सेनाको विशेष फौज हो।


नेपालस्थित अमेरिकी दूतावासले यस खालको अभ्यासले सेनामा हिमाली युद्धकला, उच्चसुरक्षा लगायत सीपको विकासमात्र नभएर दुई देशका सेनाको सम्बन्धमा पनि वृद्धि हुने ट्‍विटरमा लेख्दै यो तस्बिरहरु टि्वट गरेको छ । अन्नपुर्ण पोष्ट

तस्बिर नं. १
तस्बिर नं. २
तस्बिर नं. ३
तस्बिर नं. ४
तस्बिर नं. ५
तस्बिर नं. ६
तस्बिर नं. ७