घरमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

घरमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

इ-परेवा

@Eparewa

२०७५ माघ २८ गते सोमबार ०३:५३

स्याङ्जा :जि‍ल्लाको अर्जुनचौपारी गाउँपालिका- १ स्थित गाडखानीमा आगलागी हुँदा २८ वर्षीय कृष्ण कामीको मृत्यु भएको छ। सोमबार बिहान बलबहादुर थापाको २ तले टिनले छाएको कच्ची घरमा एक्‍कासी आगलागी भएको हो। घटनामा परी सोही घरको तल्लो...

स्याङ्जा :जि‍ल्लाको अर्जुनचौपारी गाउँपालिका- १ स्थित गाडखानीमा आगलागी हुँदा २८ वर्षीय कृष्ण कामीको मृत्यु भएको छ। सोमबार बिहान बलबहादुर थापाको २ तले टिनले छाएको कच्ची घरमा एक्‍कासी आगलागी भएको हो।

घटनामा परी सोही घरको तल्लो तलामा बस्ने कामीको जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए। आगलागीबाट ठूलो मात्रामा धनजनको क्षति पुगेको छ। आगलागीको खबर थाहा पाएपछि प्रहरी र स्थानीयबासी मिलेर आगो निभाएको भण्डारीले बताए। आगलागीबाट घरभित्रका अन्नपात, भाडाकुँडा, लत्ताकपडा, काठपात जलेर पूर्णरुपमा नष्ट भएको छ।

आगलागीबाट १४ लाख ८० हजार बराबरको क्षति भएको प्रहरीले बताएको छ।घटनाबारे अनुसन्धान भइरहेको सूचना अधिकारी भण्डारीले जानकारी दिए।

अन्नपुर्ण पोष्ट

प्रकाशित मिति २०७५ माघ २८ गते सोमबार ०३:५३
प्रतिक्रिया दिनुहोस