भारतको उडिसामा भइरहेको एउटा फुटबल प्रतियोगितामा नेपालको राष्ट्रिय महिला फूटबल टोलीले भारतलाई १ का विरुद्ध २ गोलले पराजित गरेको छ।
केहीबेरअघि सम्पन्न भएको उक्त खेलमा नेपालको तर्फबाट दुवै गोल सावित्रा भण्डारीले गरेकी हुन्।
महिला फुटबलमा नेपालले भारतलाई पराजित गरेको यो पहिलो अवसर हो।
इरान र म्यानमार गरी चारवटा देश सम्मिलित हिरो गोल्डकप फुटबल प्रतियोगिता नेपाली खेलाडीहरूले अर्को महिना नेपालमा हुने महिला साफ च्याम्पियनशीपको तयारीको लागि भन्दै सहभागिता जनाएको थियो। सावित्राले दुवै गोल खेल शुरू भएको सात मिनेटभित्र गरेकी हुन्।
भारतको तर्फबाट ८४ औँ मिनेटमा रतनबाला देवीले गोल गरेकी थिइन्।
प्रकाशित मिति २०७५ माघ २८ गते सोमबार ०४:१२