चीनले एक पछि अर्को चमत्कारी देखाउदै आएको छ। आश्चर्यजनक तथा कीर्तिमानी भौतिक संरचनाले पुनः अन्तर्राष्ट्रिय सञ्चार माध्यममा चर्चा कमाउँदैछ । चीनको सांघाइमा एउटा यस्तो होटल बन्दैछ जसलाई डिप पिट होटेल अर्थात् गहिरो खाल्डोको होटेल भन्दा पनि हुन्छ ।

यो होटल निकै ठूलो हुनेछ । तर जमिनमाथि चाहिँ केवल २ वटा तला मात्र हुनेछन् । होटलका अन्य १७ तलाहरु जमिनमुनि हुनेछन् । त्यस्तै अन्य दुईवटा तला चाहिँ वास्तवमा पानीमुनि हुनेछन् । उक्त होटेल निर्माणस्थलका सार्वजनिक भएका तस्वीरहरु निकै भव्य तथा आश्चर्यजनक देखिन्छन् ।

१ सय मिटर गहिरो खाल्डोमा यो होटल बनिरहेको छ । सांघाइ सिटीनजिकैको सोङजियाङ जिल्लामा यो होटल रहेको छ । बेलायती डिजाइन तथा इन्जिनियरिङ कम्पनी एटकिन्सले यो होटलको डिजाइन गरेको हो । सन् २०१३ को नोभेम्बर देखि यो होटलको निर्माण सुरु भएको हो । यो होटलमा ३८३ वटा कोठा हुनेछन् । त्यस्तै हरियो छत हुनेछ भने २ तला पानी मुनि हुनेछ । छतदेखि ठूलो झरना भुइँमा रहेको पोखरीमा खसाइनेछ ।

एन पि न्युज