इनरुवा, माघ २९ । सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ । डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको सोही घरमा डेरा गरी बस्ने लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेका हुन् । लालबहादुर मृतकका सोल्टी नाता पर्छन ।


लालबहादुरलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । मृतक सोनिया विवाहित हुन् । उनका श्रीमान् विदेशमा छन् ।
हत्याबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि चौलागाईले बताए । मृतकको १३ बर्षकी छोरी र ८ बर्षका छोरा छन् ।