जनकपुरधाम, महोत्तरीमा एक महिलाको हत्या भएको छ । महोत्तरीको मनरा सिसबा नगरपालिका ८ सहसराम निवासी मनोज कुमार महतोकी श्रीमति २१ वर्षकी धनमन्ती देवीको हत्या भएको हो ।


आईतवार विहान धनमन्तीको हत्या गरेर हतार हतार शव जलाउने तर्खरमा रहेको बेला माईतपक्षले सुइको पाए लगतै प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले धनमन्तिको शव नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाएको थियो । मृतक धनमन्तिको घाटी र पाखुरामा निलडाम देखिएकोले उनको हत्या नै गरेको माइतपक्षको दावी छ ।

ससुरापक्षले सुरुमा बुहारी ओछ्यानमै आईतवार विहान फेला परेको माइतपक्षलाई बताएपनि प्रहरीलाई भने पासो लगाएर धनमन्तिले आत्म हत्या गरेको बयान दिएका छन् । धनमन्तीलाई विगतमा घरपरिवारले दिँदै आएको यातना तथा धाकधम्कीले छोरीको हत्या भएको बुबा धनुषाको बटेश्वर गाउँपालिका २ धुमासन बस्ने बद्री महतोको दावी छ ।

प्रहरीले शवलाई नियन्त्रणमा लिई जलेश्वर अस्पतालमा पोष्टमार्टम गराई सोमबार घरपरिवारलाई शव जिम्मा लगाएको छ । घटनाको विषयमा घरपरिवारको फरक र प्रहरीलाई जानकारी नगराई हतार हतार शव जलाउने तयारी गरेकाले हत्या गरेको हुन सक्ने भन्दै प्रहरीले पतिसहित २ जनालाई पक्राउ गरेको छ ।

‘धनमन्तिको घाँटी र पाखुरामा देखिएको निल डामले धनमन्तिको हत्या भएको हाम्रो आशंका छ । घटना संकास्पद छ,’ जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काले भन्नुभयो ‘ अव पोष्टमार्टम रिपोर्ट आएपछि मात्र धममन्तिको मृत्यु विषयमा वास्तविक कुराहरु खुल्ने छ । हामी घटनाप्रति एकदमै संवेदनशील भएर अनुसन्धान गरिरहेका छौं’
घटना संकास्पद रहेको भन्दै प्रहरीले पति मनोज र जेठानी अनिता देवीलाई नियन्त्रणमा लिएको नायव उपरीक्षक खड्काले बताउनुभयो ।

माईत पक्षले छोरी धनमन्तिको हत्या गरेको भन्दै पति मनोज, जेठानी अनिता र ससुरा चलित्तर महतो विरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दर्ता गराएको छ । हत्या भएकी धनमन्तिको एक महिनो छोरा छ ।

वि.स.२०७४ वैशाख ३ गते समाजिक परम्परा अनुसार महोत्तरीको मनरासिसबा नगरपालिका ८ सहसराम बस्ने चलित्तर महतोका छोरा मनोज र धनुषाको बटेश्वर गाउँपालिका २ भुचक्रपुर बस्ने बद्री महतोकी छोरी धनमन्तिको समाजिक परम्परा अनुसार विवाह भएको थियो ।

पूरा पढ्नुहोस