काठमाडौँ : चितवनमा बनाउन लागिएको गौतम बुद्ध क्रिकेट स्टेडियमका लागि मलेसियामा रहेका नेपालीले ३५ लाख रुपैयाँ सहयोग गरेका छन् । 

क्रिकेट स्टेडियम निर्माणका लागि सहयोग अभियान लिएर त्यहाँ पुगेका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को उपस्थितिमा तीन सहरमा भएको ‘सिटी एक्सप्रेस धुर्मुस-सुन्तली साँझ २०७५’ का क्रममा ३५ लाख ७१ हजार रुपैयाँ सहयोग जुटेको हो । 

क्रिकेट स्टेडियम निर्माणका एक अभियन्ता धुर्मुसका अनुसार मलेसियाका तीन सहरमा गरिएको मनोरञ्जनात्मक कार्यक्रमका क्रममा त्यो सहयोग उठेको हो । मलेसियाका तीन शहरहरु क्वालालम्पुर, जोहोरबारु र पेनाङमा गरिएको कार्यक्रमका क्रममा नेपाली दर्शकहरुले स्वःस्फूर्त उक्त सहयोग गरेको धुर्मुसले बताएका छन् । 

कार्यक्रमस्थलबाटै २० लाख ७१ हजार रुपैयाँ स्टेडियम निर्माण अभियानलाई सहयोग जुटेको हो भने आयोजक सिटी एक्सप्रेसले १५ लाख थपिदिएको हो । 

पूरा पढ्नुहोस