अब विदेशमा मृत्यु वा अङ्गभङ्ग भएमा स्थानीय तहबाटै आर्थिक सहायता दिईने

अब विदेशमा मृत्यु वा अङ्गभङ्ग भएमा स्थानीय तहबाटै आर्थिक सहायता दिईने

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण १ गते बुधबार ०७:१७

काठमाण्डौ – सरकारले विदेशमा मृत्यु वा अङ्गभङ्ग हुँदा पीडितका परिवारलाई दिइने आर्थिक सहायता स्थानीय तहबाटै वितरणको तयारी सुरु गरेको छ । अहिले आर्थिक सहायता लिन काठमाण्डौमा रहेको बोर्डको सचिवालयमै आउनुपर्ने व्यवस्था रहेकोमा...

काठमाण्डौ – सरकारले विदेशमा मृत्यु वा अङ्गभङ्ग हुँदा पीडितका परिवारलाई दिइने आर्थिक सहायता स्थानीय तहबाटै वितरणको तयारी सुरु गरेको छ । अहिले आर्थिक सहायता लिन काठमाण्डौमा रहेको बोर्डको सचिवालयमै आउनुपर्ने व्यवस्था रहेकोमा पीडित परिवारलाई अब स्थानीय तहबाटै दिने तयारी गरेको हो ।


यसका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले निर्देशिका तयार पारेको छ । बोर्डले तयार पारेको निर्देशिका अहिले मन्त्रालयमा रहेको भन्दै बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले निर्देशिका छिट्टै मन्त्रीपरिषदबाट स्वीकृत हुने बताउनुभयो ।


यो निर्देशिका पारित भएपछि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका वा अङ्गभङ्ग भएका व्यक्तिका परिवार आर्थिक सहायता लिन काठमाण्डौ आउनुपर्ने छैन । आर्थिक सहायताका स्थानीय तहबाटै प्रक्रिया सुरु गरेर त्यहीँबाट पाउने गरी निर्देशिका तयार पारिएको श्रेष्ठले बताउनुभयो ।
कस्ता व्यक्तिले पाउँछन् आर्थिक सहायता?वैदेशिक रोजगार नियमावलीअनुसार रोजगारीका क्रममा करार अवधिभित्रमा ज्यान गुमाएकाका परिवारले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट ७ लाख रुपैयाँ आर्थिक सहायता पाउँछन् । त्यसका लागि अहिलेसम्म काठमाण्डौ नै आउनुपर्ने व्यवस्था छ । मृत्यु भएको एक वर्षभित्रमा निवेदन दिएमा ज्यान गएका व्यक्तिका परिवारलाई बोर्डले एकै दिनमा चेक दिने व्यवस्था छ ।

पुरा पढ्नुहोस

प्रकाशित मिति २०७५ फाल्गुण १ गते बुधबार ०७:१७
प्रतिक्रिया दिनुहोस