जनकपुरधाम -जनकपुर अञ्चल अस्पतालको पछाडी एक मृत नवजात शिशु फेला परेको छ ।

जनकपुर अञ्चल अस्पतालको पश्चिमपट्टी तथा बाह्रविघा रंभभूमि मैदानको पूर्वपट्टिको पर्खालबीचमा रहेको गल्लीबाटोमा अन्दाजी ६ –७ महिनाको गर्भभ्रूण शिशु मृत अवस्थामा फेला परेको हो ।

एकाविहानै मर्निंग वाकमा निस्केका सर्वसाधारणहरुले बीच सडकमै शिशुलाई देखेपछि तत्कालै अञ्चल अस्पताल नजिकै रहेको जानकी प्रहरी चौकीमा खवर गरेको थियो ।

भ्रूण शिशु छोरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

राजधानी दैनिक