बिहानिको सपनिमा आयौ र म झस्के
मधुर प्रेमगीत कानैमा गायौ र म झस्के

पुरा रात एक्लै चिसै कट्नेवाला थियो
सपनिमै भए पनि ततायौ र म झस्के

माया दिलायौ मलाई अमृत पिलायौ अनि
छताछुल्ल बैशको जादु चलायौ र म झस्के

हरायो मेरो पाँच इन्द्रिय लट्ठै भए म त
एकाएक छैटौं इन्द्रिय जगायौ र म झस्के

जे भयो सपनिमा प्रेम बाहेक केहि भएन
आयौ,प्रेम गर्‍यौ अनि हरायौ र म झस्के