धरान : धरान उपमहानगरपालिकाको बजेट दुरुपयोग गरेको आरोप खेप्दै आएकी उपमेयर मञ्जु भण्डारीले आफ्नो घरकी कामदार महिलालाई उपमहानगरपालिकाबाटै तलव खुवाउने गरेको भेटिएको छ । 

मेयर तारा सुब्बाको निधनपछि कार्यबाहक मेयरको जिम्मेवारी सम्हालेकी भण्डारीले पदको दुरुपयोग गर्दै आफ्नो घरकी कामदार धरान–१५ की गीता मगरलाई उपमहानगरपालिकाबाट कर्मचारीको सेवा सुविधासहित मासिक तलव भुक्तानी गरेकी हुन् । 

उपमेयर भण्डारीले मगरलाई मासिक १६ हजार २ सय ३० रुपैयाँका दरले तलब उपलब्ध गराउन उपमहानगरको लेखा शाखा शालालाई टिप्पणी उठाएर आदेश दिएकी थिइन् । त्यही अनुसार लेखा शाखाले मगरलाई तलब भुक्तानी गरेको हो । 

भण्डारीको आदेशमा मगरलाई गत मंसिर १ गतेदेखि तलब खुवाउने गरी उपमहानगरको प्रशासन शाखाले नियुक्तिपत्रसमेत दिएको छ । उपमहानगरमा कर्मचारी आवश्यक परेमा विज्ञापन खुलाई आवेदन दिएकाबाट प्रतिस्पर्धा गराएर बढी अंक प्राप्त गर्नेलाई नियुक्ति दिनुपर्ने नियम छ । 

धरान–१८ का वडाअध्यक्ष प्रविण राईले कर्मचारी नियुक्तिसम्बन्धी नियमविपरित घरेलु कामदारलाई  उपमहानगरको कार्यालय सहयोगीको नियुक्ति पत्र दिएर मासिक तलब भुक्तानी गर्नु राज्यकोषको दुरुपयोग भएको बताए । 

पूरा पढ्नुहोस