धादिङमा २ जेठाजु द्वारा १ बुहारी बारम्बार बलात्कृत, आरोपी पक्राउ

धादिङमा २ जेठाजु द्वारा १ बुहारी बारम्बार बलात्कृत, आरोपी पक्राउ

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण २ गते बिहिबार ०५:३४

धादिङ — बुहारी बलात्कार गरेको आरोपमा दुई जेठाजु पक्राउ परेका छन ।  जिल्लाको थाक्रे गाउँपालिका ११ की २२ बर्षीया बुहारीलाई बारम्बार बलात्कार गरेको अरोपमा ३५ बर्षीय र २९ बर्षीय दुई जेठाजुलार्ई प्रहरीले पक्राउ गरेको हो ।  आफुलाई...

धादिङ — बुहारी बलात्कार गरेको आरोपमा दुई जेठाजु पक्राउ परेका छन । 

जिल्लाको थाक्रे गाउँपालिका ११ की २२ बर्षीया बुहारीलाई बारम्बार बलात्कार गरेको अरोपमा ३५ बर्षीय र २९ बर्षीय दुई जेठाजुलार्ई प्रहरीले पक्राउ गरेको हो । 

आफुलाई दुई बर्षदेखि बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि धादिङ प्रहरीले आरोपितहरुलाई पक्राउ गरेको हो । 

पछिल्लोपटक माइलो जेठाजुलाई यही असोज ५ गते तथा जेठो जेठाजुलाई गत साउन २८ गते बलात्कार गरेको पीडित बुहारीको भनाई छ । 

आफुलाई बलात्कार गर्न अरु मानिसहरुलाई समेत पठाएको पीडितको आरोप छ । 

अन्याय सहन नसकेर अन्नतः आफु न्यायका लागि गुहार्न आएको उनले बताएकी छिन् ।, आजको नागरिक दैनिकमा यो खबर छ । 

प्रकाशित मिति २०७५ फाल्गुण २ गते बिहिबार ०५:३४
प्रतिक्रिया दिनुहोस