कन्चनपुर – १८ किलो सुनसहित १ जना पक्राउ परेका छन् । कन्चनपुरको पुनर्वास नगरपालिका–२ बाट सुन सहित पक्राउ गरिएको हो ।

भारतको सीमाक्षेत्र पुनर्वासबाट १८ किलो सुन बरामद गरेको कैलालीका प्रहरी प्रमुख एसपी आभुषण तिमल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिको परिचय भने खुलाइएको छैन ।जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले उक्त सुन बरामद गरेको हो ।

एउटा कोठामा स्टोर गरिएको आलुलाई पन्छाउँदा त्यहाँ खोस्रिएको जस्तो सुख्खा माटो देखियो । त्यसपछि प्रहरी त्यहाँ खन्न थाल्यो ।केहीवेरमै प्रहरीले त्यहाँ सेतो प्लाष्टिकको बोरा फेला पार्‍यो, जसमा सुनका १८ वटा बिस्कुट थिए । हरेक विस्कुटलाई कालो कपडा बेरिएको थियो ।