बलिउड मुभि ‘बाघी ३’ को लागि नायिकाको टुंगो लागेको छ यो मुभी लामो समयदेखि कास्टिङका कारण चर्चामा रहेको छ । फिल्म ‘बाघी ३’को लागि लिड हिरोइनको रुपमा श्रद्दा कपूरले रहने भएकी छन् ।

नायक भने टाईगर श्रोफ हुने निस्चित भैइसकेको छ । अब एक्सन हिरो टाइगर श्रोफसँग श्रद्दाले जोडी बाँधेछिन् । यसअघि श्रद्दा ‘बाघी’मा पनि लिड थिइन् । ‘बाघी २’मा भने दिशाले टाइगरसँग स्क्रिन शेयर गरेकी थिइन् । अहमद खानले निर्देशन गर्ने फिल्म २०२० को मार्च ६ मा रिलिज हुनेछ ।